कृषकको नाममा पार्टी चलाएकाहरुको यस तर्फध्यान नजाँदा भक्तपुर नगरपालिकाले ख्वप कलेज बनाउन भनी अधिकरण गरेका खेतहरु बाँझा परेका छन् । डेकोचाको बाँझो खेतमा गाँजा हुर्केका छन् । कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुले कलेज मै तयार हुने गाँजा सेवन गरेर बिन्दास हुने गरेका छन् । गाँजाको ब्यापारीक महत्व बुझेका केहीले भने कलेज बाहिर समेत गाँजा बिक्री बितरण गरेर आम्दानी गर्दै आएका छन् । एकातिर एउटा किसान खेतमा खाद्य बस्तु उब्जाउ गरेर समाज सेवा गरिरहेको छ । अर्कोतिर नेपाल मजदुर किसान पार्टीका बिद्यार्थी कार्यकर्ताहरु युवाहरुको होस हवास उडाउने गाँजाको कारोबार गरेर समाजलाई घातक बनाउने काममा जुटेका छन् । धधध।ाबअभदययप।अयुरचबअजबष्अिब मा कलेजमा भएको गाँजा खेतको तस्बिर राखिएको छ ।
घुस नदिए प्रशासनको छापामारी
डेकोचाको सडक भएर जाने जोकोहीले कलेजमा गरिएको गाँजा खेती देखिरहेका छन् । यो गतिबिधि देख्नेहरु मध्ये भक्तपुर पुलिस पनि हो । तर खेती गर्न निषेध गरिएको गाँजा नष्ट गर्ने तर्फ पुलिस प्रशासनले कुनै चासो लिएको छैन । प्रशासन भने दशैं नजिएको कारण आफुलाई चन्दा र घुस नदिने कारखानाहरुमा छापा मारी अखाद्य सामाग्री भेटिएको भनी सिलबन्दी गरिहेका छन् । यसबाट उनीहरुलाई नियमित घुसदान दिने कारखानाहरुसंग थप रकम लिनको लागि सहज भएको छ । घुसको कारोबारको लागि गरिने यस किसिमका छापामारका गतिबिधि दशैंतिहारसम्म जारी रहनेछ ।
पोखरीका पर्चा प्रकाशित
भक्तपुरमा रहेका पोखरीहरु पुननिमार्ण कार्य भैरहेका छन् । हालसालै नपुखूको निमार्ण सकिए पछि त्यहाँ बोटिङको ब्यबस्था मिलाइको छ । चालकहरुले आफ्ना सवारी धुन प्रयोग हुने उक्त पोखरीको पानी स्वच्छ राख्न बोटिङको सुबिधा थपेका हुन । यसै भक्तपुरमा रहेका पर्यटकीय पोखरीहरु शिर्षकको पर्चा प्रकाशित भएको छ । यहाँ रहेका पोखरीको संक्षिप्त परिचय आमनागरीकलाई जानकारी गराउने उदेश्य उक्त पर्चा प्रकाशन गरिएको हो । पर्चामा ३० वटा पोखरीहरुकेा चर्चा गरिएको छ ।
दुर्गन्धित दोभानमा दशैं मेला
अष्माटृकाको बीचमा रहेको भक्तपुर सहरका मानिहरु यहाँका खोलाहरु दुषित भएको कारण निराश भएका छन् । दशैंका दिनहरुमा यहाँ रहेका अष्टमातृकाको दर्शनको लागि जान अघि अष्ट दोभानमा स्नान गर्नु पर्ने परम्परा रहेको छ । तर खोलाहरु प्रदुशित भए यता यो परम्परा बिलुप्त हुन पुगेको छ । यो परम्परालाई यस पाली फेरी थालनी गर्न लागिएको छ । हनुमानघाटका भक्तजनहरुको अग्रसरतामा यस पटक अष्ट दोभानमा मेला लाग्ने भएको छ ।
जसअनुसार पहिलो दिन अर्थात घटस्थापनाको दिन ताथलीको च्वकतिला दोभान स्नान गरी ब्रम्हायणी माई दर्शन गरिन्छ । दोश्रो दिन जगातीको योज्ञा दोभानमा स्नान गरी माहेश्वरी दर्शन गरिन्छ । तेश्रो दिन भने सुबर्णमति दोभानमा मेला मात्र लाग्नेछ । चोर्चा भएर बग्ने सुबर्णमति खोला ढलमा परिणत भएकोले त्यहाँ स्नान गर्न उपयुक्त नदेखिएको हो । सुबर्णमति खोला र हनुमन्ते खोलाको संगम सुबर्णमति हो । यस दिन कुमारीको दर्शन गर्ने परम्परा रहेको छ । चौथो दिन स्नान गर्ने चम्पेकश्वर दोभान पनि दुर्गन्धित छ । पाचमीको दिन मंगलतीर्थमा रहेको भैल दोभानमा स्नानको हालत पनि उस्तै नै हो । छैठौं दिन स्नान गरिने सल्लाघारीको निक्वे दोभान दुवाकोटका इटाभट्टाहरुको कारण दुर्गन्धित भएको छ । यस दोभानमा भक्तपुरको ढल प्रशोधन गर्न बनाइएको पोखरीको पानी मिसाउने योजना अलपत्र अबस्थामा छ । सातौं दिन कासन दोभानमा स्नान गरी महाकालीको दर्शन गरिन्छ । आठौं दिन छालिङ र झौखेलको वारेवन्ती दोभानमा स्नान गरी महालक्ष्मीको पुजा अर्चना गर्ने गरिन्छ ।
दोभानहरुमा यस पटक बाजागाजा सहित मेला लगाउने योजना बनेको हो । दोभानहरु लोभ हुने अबस्थामा पुगेपछि नजिकका पोखरीहरुमा मेला हुदै आएको छ ।
No comments:
Post a Comment