Total Pageviews

8840

Saturday, September 17, 2011

0

२० देखि ४० वर्षको जिन्दगीलाई सबैभन्दा रङ्गीन

त्यसो त २० देखि ४० वर्षको जिन्दगीलाई सबैभन्दा रङ्गीन मानिन्छ । तर एक सर्भे रिपोर्टमा ५० वर्ष उमेर पार गरेपछि जिन्दगी अझ रङ्गीन पल सुरु हुने गरेको महिलाहरुले नै स्वीकार गरेका छन् । यो सर्भे युअर्स पत्रिका करिब दुई हजार प्रौढ महिलामा गरेको हो ।सर्वेक्षणकाअनुसार ९२ प्रतिशत महिला जवानीका ती दिनहरुमा पनि यति खुसी थिएनन् जति ५० नाघेपछि छन् । यही मात्र होइन सर्भेमा सहभागी पाँचमध्ये चार महिलाले २० वर्षको उमेरमा भन्दा पनि बढी सेक्सी महशुस गर्ने गरेको स्वीकार गरेका छन्।यही विवाहित या अन्य पुरुषका साथ रहेका ८६ प्रतिशत महिलाका अनुसार उनीहरुको यौन जीवन २० वर्षभन्दा निकै राम्रो छ ।
५० वर्ष उमेर पार गरेका चारमध्ये तीन महिलाका अनुसार तनावग्रस्त अभिभावक बन्नुभन्दा उत्तम ५० वर्ष उमेरमा रोमान्टिक कपल बन्नुमा मज्जा छ । किनभने यो उमेरमा घरको जिम्मेवारीबाट मुक्त रहन पाइन्छ र कतै आउन जानका लागि पनि स्वतन्त्रता प्राप्त हुन्छ ।

No comments:

Post a Comment