Total Pageviews

Saturday, September 17, 2011

0

पेस्तोल तथा खुकुरी र तरबारसहित पक्राउ ः

कंचनपुर÷बाग्लुङ भदौ ३१ गते
कंचनपुर ः कृष्णपुर-६ मौवाफाँटस्थित महेश भण्डारीको घरमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले भदौ ३० गते १९ः३० बजे खानतलासी गर्दा टिनको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल २ थान फेला परेकोले निजकी जेठी श्रीमती कविता भण्डारी र कुखुरा फाराम गरी बस्ने सोही ठाउँ घर भएका निराजन न्यौपानेलाई पक्राउ गरेको छ । घरधनी महेश भण्डारी कैलाली जिल्ला धनगढीमा बस्ने भन्ने बुि´एकोले उनको खोजी भइरहेको छ ।
बाग्लुङ ः धुल्लुबासकोट-५ बाराङ्ग बजारमा गस्ती प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बाग्लुङ जिल्ला पैयुथान-८ बस्ने २५ वर्षीय गिरिजा प्रसाद कँडेलको साथबाट १ थान खुकुरी सोही ठाउँ बस्ने १८ वर्षीय दुर्गा कँडेलको साथबाट १ थान तरवार र पैयुथान-७ बस्ने २१ वर्षीय मिलन थापाको साथबाट १ थान खुकुरी बरामद गरी भदौ ३० गते १८ः१५ बजे निजहरुलाई पक्राउ गरेको छ । यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

५ अवैध लागूऔषधसहित पक्राउ ः
मकवानपुर÷उदयपुर भदौ ३१ गते
मकवानपुर ः मनहरी-३ स्थित ईलाका प्रहरी कार्यालय मनहरीको चेकपोष्टमा काठमाडौंबाट लहानतर्फ जाँदै गरेको ना।३ ख ५५ नम्बरको ट्रकमा भदौ ३० गते १२ः४५ बजे चेकजाँच गर्दा ट्रकमा यात्रा गरी आएका पसा्र जिल्ला औराही-३ बस्ने ४० वर्षीय देवानन्द गिरी जगरनाथपुर-७ बस्ने २५ वर्षीय रामराजा महत्तो र भारत वेतिया घर भई हाल सोही ठाउँ बस्ने ४५ वर्षीय घुरेन्द्र शर्मा समेतको झोला र शरीरको बिभिन्न भागमा बिशेष किसिमले लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी १६ किलो चरेश फेला परेकोले उनीहरु ३ जनाको साथै ट्रक चालक र सहचालकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर ः भैसेचोकस्थित सडकमा को।१ ख ५७९ नम्बरको मिनिट्रकलाई आजराति ००ः३० बजे चेकजाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको अन्दाजी ५ सय के।जी। लागूऔषध गाँजा फेला परेकोले चालक काभ्रे जिल्ला बनेपा नगरपालिका-६ बस्ने ४४ वर्षीय बिजेन्द्र शाहलाई ट्रकसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरीले पक्राउ गरेको छ ।
उदयपुर ः त्रियुगा नगरपालिका-२ राधाकृष्ण मन्दिर अगाडि त्रियुगा नगरपालिका-८ बस्ने १९ वर्षीय रमेश तामाङ्गसमेत ४ जनालाई लागूऔषध नाईट्रोजन २३ थान र गाँजा भरेको १ वटा चिलीमसहित भदौ ३० गते २१ः३० बजे प्रहरीले पक्राउ गरेको छ ।
यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ कुटपिटबाट मृत्यु अभियुक्त पक्राउ ः
बाँके भदौ ३१ गते
कुम्दी-९ तिलकपुर बस्ने ८५ वर्षीय कैलाशा रैदासलाई निजको नाति ३५ वर्षीय सुखराम हरिवनले आजराति ००ः१५ बजे कुटपिट गर्दा निजको घट्नास्थलमै मृत्यु भएको छ । कुटपिट गर्ने हरिबनलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

७ खोलामा खसेका एकको उद्धार बेपत्ता भएकाको खोजी जारी ः
रुकुम÷नवलपरासी भदौ ३१ गते
रुकुम ः पिपल-१ र ४ को बिचमा पर्ने पुमा खोलामा रहेको काठको पुल तर्ने क्रममा नाम थर वतन नखुलेका अन्दाजी १२ वर्षीय २ बच्चा भदौ ३० गते १५ः१५ बजे खोलामा खसेकोमा प्रहरीले स्थानीयबासीको सहयोगमा १ बच्चालाई गम्भीर अवस्थामा फेला पारी उद्धार गरेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अर्का १ जनाको खोजी कार्य जारी छ ।
क्रमश ः
नवलपरासी ः पिठौली-६ स्थित चितवन राष्ट्रिय निकुन्जभित्र पर्ने आईसल्याण्ड जंगल रिसो्रटमा लेबर काम गर्ने लम्जुङ घर भएका ५२ वर्षीय बिर्ष बहादुर गुरुङ नारायणी नदीमा डुङ्गा तर्ने क्रममा भदौ ३० गते १०ः०० बजे डुङ्गा पल्टन गई बेपत्ता भएकोमा प्रहरीले खोजी गरिरहेको छ ।
यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

८ विभिन्न धनमाल लुटपाट ः
बर्दिया÷कास्की भदौ ३१ गते
बर्दिया ः गुलरिया नगरपालिका-८ शान्तिटोल बस्ने भोलानाथ क्षेत्रीको घरमा भदौ ३० गते २०ः०० बजे अपरिचित २ जना नकावधारी व्यक्तिहरु आएर परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिई नगद १७ हजार ल्यापटप १ थान मोवाईल ४ थान सुनका गरगहना ५ तोला र चाँदीका सिक्का २० थान लुटी फरार भएका छन् ।
कास्की ः पुम्दीभुम्दी-१ स्थित रानी वनमा क्यानेडियन नागरिक इयान केथ सिब्बीलाई भदौ ३० गते ०९ः०० बजे २ जना अपरिचित ब्यक्तिहरुले लाठी देखाई क्यानन डिजिटल क्यामेरा लुटी फरार भएका छन् ।
लुटेराहरुको खोजी गर्नुको साथै यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९ पहिरोमा पुरिएर मृत्यु तथा घाइते ः
रोल्पा भदौ ३१ गते
मिि´ङ-१ रुईनीबाङमा अविरल बर्षाको कारण आज ०२ः४५ बजे पहिरो आई घरहरु पुरिँदा ४ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।
उक्त ठाउँमा ५÷६ वटा घुम्ती पसल र ३÷४ वटा पक्की घर पुरिएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी टोली खटीई गई घाइतेहरुलाई उद्दार गरी १० जनालाई प्राथमीक स्वास्थ्य केन्द्र सुलीचौर र ७ जनालाई अमृत मेडिकल सुलीचौरमा उपचारको लागि लगेको छ ।
साथै देवीदत्त गण सातदोबाटोबाट नेपाली सेनाको टोली समेत खटीई गई उद्दार कार्य जारी छ भने यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१० माटोको ढिस्कोले पुरिएर मृत्यु ः
खोटाङ भदौ ३१ गते
बाम्राङ्ग-६ स्थित सिमेडाँडामा रातो माटो खन्ने क्रममा ढिस्कोले पुरीएर बाम्राङ-३ दिक्तेल बस्ने अन्दाजी ४२ वर्षीया रेवति आचार्यको आज १३ः३० बजे घटनास्थलमै मृत्यु भएको छ । निजकी छोरी अन्दाजी १८ वर्षीया तारा आचार्य सामान्य घाइते भएकोले उपचारको लागि स्थानिय अस्पताल पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
११ सवारी दुर्घटनामा मृत्यु ः
ताप्लेजुङ÷धनकुटा÷पाल्पा भदौ ३१ गते
ताप्लेजुङ ः क्षचम्बु-५ स्थित लोकमार्गमा को।१ त ३७३१ नम्बरको ट्याक्टर भदौ ३० गते १७ः४० बजे अचानक पल्टेर दुर्घटना हुँदा नाङखोल्याङ्ग-६ बस्ने ५९ वर्षीया बुधमाया राईको घटनास्थलमै मृत्यु भएको छ । साथै सोही ठाउँ बस्ने ३५ वर्षीया नरमाया राई र ४५ वर्षीया राजकुमारी राई गम्भीर घाइते भएकाले उपचारको लागि जिल्ला अस्पताल फिदिम लगिएको छ । चालक प्रहरीको नियन्त्रणमा छन् ।
धनकुटा ः महाभारा-३ स्थित लोकमार्गमा ना।३ ख १९९९ नम्बरको ट्रकले पैदलयात्री सुनसरी जिल्ला धरान नगरपालिका-१३ बस्ने २० वर्षीय सरोज तामाङ्गलाई भदौ ३० गते २२ः१० बजे ठक्कर िदंदा निजको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा ः देउराली-८ जोर्ते नजिकै पाल्पा-गुल्मी सडक-खण्डमा चितबनबाट गुल्मीतर्फ जाँदै गरेको बा।१ ख ८१८५ नम्बरको मिनिट्रक आज ०८ः१५ बजे दुर्घटना हुँदा ट्रकका सह-चालकको घटनास्थलमै मृत्यु भएको छ । चालक चितबन जिल्ला रत्ननगर-९ बस्ने २६ वर्षीय प्रदिप भण्डारी घाइते भएकोले उपचारको लागि मिसन अस्पताल तानसेनमा पठाइएको र अबस्था गम्भीर रहेको छ ।
यी दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्रमश ः
१२ वेहोस भएर मृत्यु ः
काठमाडौं भदौ ३१ गते
जोरपाटी-९ अत्तरखेल डेरा गरी वस्ने पाँचथर जिल्ला रवि-७ घर भएका २८ वर्षीय कान्छा भन्ने विजय राई भदौ ३० गते ११ः३० बजे आफू सुत्ने कोठामा अचानक वेहोश भएपछि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा सोही दिन १४ः४५ वजे उनको मृत्यु भएको छ ।
पर्वत ः सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको बसमा यात्रा गरी आएका बाग्लुङ जिल्ला जैबी-२ बस्ने ४९ वर्षीय कुमार रानाको वेहोस भएर मृत्यु भएको छ । आज ०७ः४५ बजे बसबाट ´रेर दिसा गर्न जान्छु भनी पर्बत कुस्मामा रहेको कुस्मा खाजा घरमा गएकोमा सोही घरको गल्लीमा बेहोस भइ लडेको अवस्थामा फेला परेका उनको कुस्मा अस्पतालमा उपचारको क्रममा ०८।२० बजे मृत्यु भएको थियो । यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१३ खोलाले बगाएर मृत्यु ः
सिराहा भदौ ३१ गते
बडहरामाल-५ स्थित मरेवा खोलाले गौतारो-६ बस्ने २७ वर्षीया शारदा िसंह दनुवारलाई जंगलबाट दाउरा लिएर फर्किने क्रममा भदौ ३० गते २०ः१५ बजे बगाई बेपत्ता भएकोमा प्रहरी टोली खटीई खोजी गर्ने क्रममा मृत फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment