Total Pageviews

Monday, September 19, 2011

0

मास्रलआर्टका बेलायती मास्टरद्धारा पोखरामा प्रशिक्षण

पोखरा / मास्रल आर्टका बेलायती प्रशिक्षक एडेण्ड्रो मास्टर शनिवार र आइतवार पोखरका विभिन्न कराँते डोजोहरुमा प्रशिक्षण दिएका छन् । अएइ केन्दो वर्कसप जुडोका सिक्स डान एआइडो फोर डान केन्दोको थ्री डान बेलायती मास्टरले शनिवार पृथ्वीनारायण क्याम्पस वगर डोजो शनिवार मालेपाटन सशस्त्र प्रहरीको कालिकागण प्रशिक्षण गराए भने आइतवार वगर डोजो र शसस्त्र प्रहरी महाविद्यालय लामपाटनमा प्रशिक्षण दिएको सितोरियो कराँतेका प्रशिक्षक फत्तबहादुर गुरुङले जानकारी दिए ।

मास्रल आर्ट सहित मास्रल आर्टमा प्रयोग हुने हतियार तरवार चलाउने सामुराइ समेतको प्रशिक्षण गराइएको तालिममा कास्कीका कराते प्रशिक्षकहरु फत्तबहादुर गुरुङ कृष्णकुमार लामा सुष्मा गुरुङ संगीता लामा नरेश अधिकारी नविन आचार्य कोपिला खाती बुद्धि थापा शसस्त्र प्रहरीवल कालिका गणका गणपति कृष्णभक्त ब्रम्हाचार्य लगायत तीन सय वढी प्रशिक्षाथीहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment