Total Pageviews

Sunday, September 18, 2011

0

सुधार केन्द्रको पन्ध्रौ बार्षिकोत्सव सम्पन्न ः

काठमाडौँ असोज १ गते
प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्रको पन्ध्रौ बाषिकोत्सव आज आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शाहले आसरा सुधार केन्द्रलाई सहयोग पुर् याउनुहुने विभिन्न संघ संस्था एव महानुभावहरु केन्द्रका परामर्शदाताहरु रोल मोडेलहरु केन्द्रमा उपचाररत सदस्यहरुका साथै बार्षिकोत्सवका अवसरमा आयोजित आन्तरीक खेलकूदका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक शाहले बिशुद्ध सेवा प्रदायक संस्थाको रुपमा स्थापना भएको आसरा सुधार केन्द्रले पुर् याएको योगदानको चर्चा गर्नुहुदै राष्ट्रका कर्णधार युवा शक्ति विभिन्न कारणले बिदेशिने गरेको र स्वदेशमा रहेका कैयौ युवा शक्ति पनि लागू औषधको दलदलमा फसेकाले ती युवाहरुलाई समाजमा पुर्नस्थापना गराउन आसरा सुधार केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक शाहले युवा शक्ति लागू औषधको कुलतमा फस्नुमा अभिभावकले आफना केटाकेटी माथि उचित ध्यान दिन नसक्नु पनि एउटा कारण हो भन्नुहुदै यस संस्थाबाट गरिने जुनसुकै कामको पारदर्शिता हुनु पर्ने र आसरा सुधार केन्द्रको सेवा बिस्तार अझ बढी प्रभावकारी बनाउन नेपाल प्रहरी सदैव कटिवद्ध रहेको र यस केन्द्रले दिने सेवा स्तरीय र राष्ट्रका लागि टेवा पुग्ने हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

केन्द्रीय प्रहरी परिवार महिला संघ एवं आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती संगम शाहले आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुहुदै लागू पदार्थमा निर्भर भएकाहरुलाई उपचार प्रदान गर्ने कार्यलाई निरन्तरता दिदै आउने दिनहरुमा यस केन्द्रले लागू औषध सम्बन्धी समाजमा सचेतनात्मक कार्यक्रमहरु अझै बढी प्रभावकारी रुपमा साचालन गर्दै जाने कुरा बताउनुभयो ।

समारोहमा केन्द्रकी सचिव श्रीमती सुनिता राणाले आसरा सुधार केन्द्र सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुहुदै उक्त केन्द्रको स्थापनाकाल देखि हालसम्म २५६२ जनालाई उपचार सेवा पुर् याएको जानकारी दिनुभयो ।

उपचाररत सदस्यका तर्फबाट बेनुप भट्टराईले तथा अभिभावककातर्फबाट बिष्णु आचार्यले समेत समेत आ- आफनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुले राष्ट्रिय गान सामुहिक प्रार्थना स्वागत गीत नृत्य नाटक प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सव कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्ग प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रहरी नायव महानिरीक्षकहरु आसरा सुधार केन्द्रका पदाधिकारीहरु विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

२ कटुवा पेस्तोल र भरुवा बन्दुक सहित पक्राउ ः

ब्ाारा असोज १ गते

अमरपट्टी-५ बस्ने ३० बर्षीय आ_िम्सक लाल यादव लालबहादुर यावद र लोभिचन राय यादवलाई प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

क्रमश ः

आज १३ः५० बजे आ_िम्सक लाल यादवको छोरा र सोही ठाँउ बस्ने मनोहरलाल यादवको छोराबीच भएको झगडालाई लिएर बाबुहरुबीच पनि झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेश लंगडा चोकबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुग्दा स्थानीय बासिन्दाहरुले आ_िम्सक लाल यादवलाई कटुवा पेस्तोल सहित र लालबहादुर यादव र लोभिचन राय यादवलाई १ नाल भरुवा बन्दुक सहित पक्राउ गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



३ सवारी दुर्घटनामा मृत्यु ः

म्याग्दी ÷सुर्खेत÷काठमाडौँ÷गुल्मी असोज १ गते

बाबियाचौरबाट दर्लिङतर्फ जादै गरेको ग।१ ख २७०४ नम्वरको मिनिबस आज १३ः०० बजे ब्ाावियाचौर-८ स्थित लामापाटा रनवाङ खहरे खोला किनारमा सडकबाट करीव २ सय मिटर तल खसेर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ८ जना पुरुष १ जना महिला १ जना बालक र १ जना बालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जना पुरुष र १ जना महिलाको उपचारकै क्रममा बेनी अस्पतालमा मृत्यु भएको थियो । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा घाइते भएका ६ जनाको सदरमुकाम अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरीले उक्त स्थानमा उद्धार कार्य गर्नुको साथै चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुर्खेत ः दैलेखबाट सुर्खेततर्फ जादै गरेको ग।१ क १३ नम्वरको टि्रपर भदौ ३१ गते २२ः०० बजे लादे भन्ने स्थानमा दुर्घटना हुँदा चालक निवन लामा र सह-चालक सुनिल गुरुङ्गको घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेत ः लाटीकोईली-१ स्थित राजमार्गमा भदौ ३१ गते १५ः०० बजे भे।१ ज २४८ नम्वरको किया गाडीले जरवुटा-१ बस्ने १२ बर्षीय पैदल यात्री १२ बर्षीय ललित गन्धर्वलाई ठक्कर दिएपछि उपचारको लागि देउती नसर्िङहोम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ ः सितापाइला-१ स्थित बाफलमा बा।२ ख ९५१५ नम्वरको बसले पैदल यात्री नुवाकोट जिल्ला त्रिशुली-८ घर भई गैरीगाँउ पाचुधार बस्ने १८ बर्षीया कुमारी तामाङ्गलाई ठक्कर दिदाँ मृत्यु भएको छ । उक्त बसले भदौ ३१ गते २१ः४५ बजे उनी सहित सोही ठाँउ बस्ने १८ बर्षीया सिता तामाङ्ग र धादिङ्ग जिल्ला जिवनपुर घर भई टेकु बस्ने २० बर्षीय सुरेश ठकुरीलाई ठक्कर दिएपछि उपचारको लागि छाउनी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । बस र चालकलाई प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ ः काठमाडौँ महानगरपालिका-१६ बालाजु ढुङेधारा नजिक बा।२ ख ३८६३ नम्वरको मिनिट्रकले बा।३७ प ५१०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ बालाजु चौमती बस्ने २१ बर्षीय निकिल श्रेष्ठ र ढुङेधारा बस्ने १९ बर्षीय दिपेश श्रेष्ठ घाइते भएकोले उपचारको लागि जनमैत्री अस्पताल लैजादा लैजादै निकिल श्रेष्ठको मृत्यु भएको छ । दिपेश श्रेष्ठलाई उक्त अस्पतालबाट थप उपचारको लागि न्यूरो अस्पतालमा लगिएको छ । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मी ः तम्घास-६ देउराली बस्ने १७ बर्षीय ठुटे दर्जीको भदौ ३१ गते १९ः२५ बजे लु।१ थ १६५ नम्वरको ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।

गुल्मी ः ग्वादी-५ सासुर स्थित भित्री सडकमा आज ११ः०० बजे लु।१ ज १३८१ नम्वरको जीप दुर्घटना हुदाँ हर्राचौर-९ बस्ने ४३ बर्षीय लक्ष्मण थापाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा हिलेगाँउ बस्ने १९ बर्षीय थमन थापा समेत घाइते भएकोले उपचारको लागि पाल्पा तर्फ लगिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No comments:

Post a Comment