Total Pageviews

Wednesday, September 21, 2011

0

अवरुद्ध कोशी राजमार्ग संचालन


धनकुटा /  भूकम्पका कारण पहिरो गई चार दिन अघि देखी बन्द रहेको कोशी राजमार्ग अन्र्तगत धरान - धनकुटा सडक खण्डमा आज देखी यातायत संचालन भएको छ ।
भुकम्पका कारण गएको पहिरोले कोशी राजमार्गको धरान - धनकुटा सडक खण्डको भेडेटार स्तिथत मालबासेको भोजपुरे गोलाई सडक खण्डमा करीव ४ सय मिटर सडक क्षती भएकाले चार दिन अघि देखी संचालन नभएको यातायत आज देखी बैकल्पिक अस्थायी सडक निर्माण गरी यातायात संचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यातायत संचालन भए पछि सडकमा अलपत्र परेका सयौ यातायतका साधनहरु आ आफ्नो गन्तव्य स्थान तर्फ गएको प्रहरीले जनाएको छ ।
बैकल्पिक सडकको निर्माण गरी पालो पालो गरी एक तर्फी यातायत संचालन गरेपछि जनजिवन सामान्य बन्दै गएको छ भने पूर्ण रुपमा सडक निर्माण गर्न दुई महिना सम्म लाग्ने प्रहरीले जनाएको छ ।


विजय राई

No comments:

Post a Comment