Total Pageviews

Saturday, September 17, 2011

0

निःशुल्क स्वास्थ्य शिविर संचालन ः


काभ्रे भदौ ३१ गते
प्रहरी दिवस २०६८ का अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंज र त्रिवेणी स्वास्थ्य समाज केन्द्र दोलालघाट काभ्रेको संयुक्त आयोजनामा आज दोलाघाट-२ काभ्रेमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरियो ।
उक्त शिबिर संचालनका अवसरमा आज आयोजित समारोहका प्रमुख अतिथि नेकपा एमालेका राष्ट्रिय परिषद सदस्य विदुर सापकोटाले शिबिरमा सेवा पुर् याउने नेपाल प्रहरी अस्पताल त्रिवेणी स्वास्थ्य समाज केन्द्र र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपालाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले नेपाल प्रहरी अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल प्रहरी अस्पतालका प्रहरी नायव महानिरीक्षक डा। राम नाथ िसंहले सर्वसाधारणलाई स्वास्थ्य सम्बन्धी सेवा दिने उद्देश्यले अस्पतालले प्रत्येक वर्ष निःशुल्क शिविर संचालन गर्दै आएको उल्लेख गर्नुहुँदै भविष्यमा पनि सेवा प्रदान गरिने बताउनुभयो ।
त्रिवेणी स्वास्थ्य समाज केन्द्र दोलालघाट काभ्रेका अध्यक्ष भीम बहादुर लामाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा उहाँले नेपाल प्रहरीले सर्वसाधारणमा पुर् याएको स्वास्थ्य सेवाको चर्चा गर्नुभएको थियो ।
नेपाल प्रहरी अस्पताल महाराजगंज त्रिवेणी स्वास्थ्य समाज केन्द्र दोलालघाट काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले सेवा पुर् याएको उक्त निःशुल्क स्वास्थ्य शिबिरमा ६ सय २० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।

२ फरार अभियुक्त पक्राउ ः
काठमाडौं भदौ ३१ गते
काठमाडौं महानगरपालिका-१४ कलंकीबाट सरकारी छाप किर्ते मुद्दामा अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त कालिमाटीमा उपस्थित गराउने क्रममा भदौ २९ गते १६ः०० बजे फरार मकवानपुर घर भई हाल कलंकी बस्ने ३६ वर्षीय अशोक श्रेष्ठलाई आज ०७ः३० बजे कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३ सालकको खप्पडसहित पक्राउ ः
मकवानपुर भदौ ३१ गते
हेटौंडा नगरपालिका बुद्धचोकस्थित अमरदिप गेष्ट हाउसमा चेकजाँच गर्दा गेष्ट हाउसमा बस्दै आएका बेतिनी-५ बस्ने ५३ वर्षीय कृष्ण बहादुर लोप्चनको कोठामा २ के।जी। सालकको खप्पड फेला परेकोले निजलाई आजराति ००ः१० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्रमश ः




No comments:

Post a Comment