Total Pageviews

Thursday, September 15, 2011

0

सैनिक आवासीय महाविद्यालय पुूलबारी प्रथम

पोखरा  / पोखरा एफएम ९५।८ ले अघिल्ला बर्षहरुमा झै यस वर्षपनि राष्ट्रिय वालदिवसको अवसर पारेर आयोजना गरेको ुविद्यालय स्तरीय खुल्ला बालगीत प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय पुूलबारी प्रथम करुणानिधि एजुकेशन फाउण्डेसन सिम्पानी द्वित्तीयटप्स आवासीय उच्चमावि रामघाट तृतीय र फिष्टेल उच्चमावि पार्दी विरौटाले सान्त्वना स्थान हात पार्न सफल भएका छन् । प्रथम दिृतिय तृतिय र सान्त्वना हुन सफल विद्यालयहरुले क्रमस ५ हजार ४ हजार ३ हजार र २ हजारका साथमा प्रमाणपत्र र मायाँको चिनो प्रप्त गरेका छन् भने सहभागिता जनाउने सवैलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा कास्की जिल्लाका २१ वटा विद्यालयले सहभागिता जनाएका थिए । यसअघि प्रतियोगिताको उद्घाटन गदै क्षेत्रीय शिक्षा निर्देशनालयका उप निर्देशक घनश्याम अर्यालले अझै पनि अधिकाँश वालबालिकाहरु शिक्षाको घामबाट बन्चित हुनुपरेको बताए । उनले सवै बालबालिकालाई विद्यालयको पहँुच सम्म पुर् याउन सरकारले ठोस कदम चाल्न आवाश्यक रहेको बताएका थिए । अर्यालले वालबालिका भोलीका कर्णधार भएको बताउदै भोलीका कर्णधार निर्माण गर्न सानैमा उचित वातावरण को निर्माण हुनुपर्नेमा जोड दिए । उनले पोखरा एफ एम्ा ले बालगीत प्रतियोतिगिता आयोजना गरी वालबालिकाको प्रतिभा प्रस्फुटन गराउनमा ठुलो भुमिका खेलेको भन्दै प्रसंसा गरे ।
एफएमका निर्देशक सुवर्ण बज्राचार्य को सभापतितवमा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बाल संयोजक सुर्य प्रसाद ढकाल पोारा एफएमका स्टेसन इन्चार्ज अमृत सुवर्णकार समाचार संयोजक गोविन्द सुवेदीकार्यक्रम संयोजक सोनी सुवाल कार्यक्रम प्रस्तोता विनोद श्रेष्ठआयुष श्रेष्ठ बुद्धि गुरुङसपना सपना गुरुङ लगाएतले बाल अधिकारका बारेमा बोलेका थिए । कार्यक्रममा हाल नेपाल टेलिभिजनमा हरेक मंगलबार राति ९ः३० बजे प्रशारण हुने िसंगिङ स्टारमा टप थि्र सम्म पुग्न सफल पोखरेली चेली रितुलामा पोखरेली गाएक विनोद बानिया लगाएतले आ आफ्नो प्रस्तुति राखेका थिए ।
पोखरा एफएमले आफ्नो स्थापनाकाल देखिनै विद्यालय स्तरिय खुल्ला बालगीत प्रतियोगिता गर्दै आएको छ । २०५८ सालमा पोखराको केन्द्र चिप्लेढुङगाबाट आफ्नो प्रशारण सेवा प्रारम्भ गरेको पोखरा एफएमले सुचना मनोराजन र समाचारमुलक कार्यक्रम साचालन गर्दै आइरहेको छ भने जनसरोकारका विविध सवालहरुमा बहसमुलक कार्यक्रम बाल कार्यक्रम लगाएतका कार्यक्रमहरुलाई प्राथमिकताका साथ प्रशारण गर्दै आएको छ ।
फोटो क्याप्सन ः पोखरा एफ एम द्धारा अयोजित विद्यालय स्तरीय बालगीत प्रतियोगितामा प्रथम हुन सफल सैनिक आवासिय महाविद्यालयका विद्यार्थी र शिक्षकहरु ।

बालदिवसको अवसरमा बत्तित्वकला प्रतियोगिता सम्पन्न
पोखरा २९ भदौ
एमनेष्टी इन्टरनेश्नल नेपाल समुह ८२ पोखराले राष्ट्रिय बाल दिवशको अवसरमा विहिबार मावि स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
बालअधिकार र आजको चुनौती विषयक प्रतियोगितामा छोरेपाटन उच्चमाविका छात्रा सविता थापामगर प्रथम प्रतिभा उच्च माविका छात्र पुष्पराज गौतम दिृतीय सैनिक आवासीय माविका सागर कुँवर तृतीय र जनपि्रय उच्चमाबिका छात्र सागर पौडेलले सान्त्वना स्थान हाँसिल गरेका छन् । कार्यक्रममा बोल्दै प्रतियोगी बक्ताहरुले बालदिवसका दिनमा मात्र बाल अधिकारको आवाज घन्किने र अन्य दिनमा बालअधिकार हनन्का घटनाहरु घन्किएको तर्फ उनीहरुले सरकारी र गैह्रसरकारी संस्थाहरुको ध्यान आक्रषण गराएका थिए । समाजसेवी शिक्षाविद् हेरम्व प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमको निर्णायकमा समुहका संयोजक देवमणि भण्डारी सल्लाहकार रामबहादुर थापा अधिकारकर्मी गिता विष्ट निर्माण व्यवसायी समितिका प्रकास खनाल पुण्य प्रसाद पौडेल शिक्षाविद् चर्तुभुज पौडेल रहेका थिए । कार्यक्रममा खिमबहादुर गुरुङमेनका लामिछानेबसन्त सुवेदी र लगाएतले बोलेका थिए ।
परिवर्तनका लागि कार्य नेपाल खेलकुद तथा शैक्षिक सामग्री वितरण
पोखरा २९ भदौ
राष्ट्रिय बालदिवशको अवसर पारी परिवर्तनका लागि कार्य नेपालले भरतपोखरीमा रहेको सरस्वती टीका माविमा विशेष शिक्षा कार्यक्रम अन्तर्गत साचालित कार्यक्रममा अपाङ्गता भएका बालबालिकाहरुलाई फलफूल खेलकुद तथा शैक्षिक सामग्री बितरण गरेको छ ।sार्यक्रमका प्रमुख अतिथि भरतपोखरी गाविसका सचिव गंगादत्त पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम अधिकारीशिक्षक प्रतिनिधि विष्णुपौडेलशिक्षक अभिभावक संघका अध्यक्ष खेमराज त्रिपाठी हिमदूत राष्ट्रिय दैनिकका प्रवन्ध निर्देशक एवं कार्य नेपालका सचिव गिता विष्ट विद्यालय सल्लाहकार समितिका विशेस्वर हरामी पितम्बर पौडेल हेमनाथ आचार्य र कालिदास लामिछाने लगाएतले बोलेका थिए । कार्यक्रममा गरिमा विकास वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले नगद रु ५ हजार र सदस्य गणेश पाखि्रनले १ हाजार ५५ गरी जम्मा ६ हजार ५५ रुपैयाँ सुस्त मनस्थिति भएका बालबालिकाहरुका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारीलाई हस्तान्तरण गरेका थिए । सो विद्यालयमा चार जिल्लाका सुस्त मनस्थिति भएका ३० जना बालबालिका अध्यानरत रहेका छन् ।


No comments:

Post a Comment