Total Pageviews

Wednesday, September 21, 2011

0

हचुवाको भरमा मेनपावर व्यवसायीहरु दोहोरो सम्झौता पत्र बनाएर कामदार पठाउने


 
 
कतार स्थित नेपाली दूतावासमा दिनहुँ जसो पीडित कामदारहरुको ओइरो लाग्ने गरेको छ । सम्झौता अनुसार तलब सुविधा नपाएको भन्दै विगत १५ दिनमामात्र १६ नेपाली कामदार दूतावासको शरणमा पुगेका छन् । दूतावासले खाना बस्न सुविधा अनिवार्य हुनुपर्ने, न्यूनतम तलब ६ सय रियाल अनिवार्य हुनुपर्ने र लागत खर्च २० हजार रुपैया भन्दा बढी लिन नपाइने नियम लागू गरेपछि कामदारहरु सम्झौता अनुसार तलब सुविधा नपाएको भन्दै दूतावासमा आउने क्रम बढेको हो ।
राजदूत डा. सुर्यनाथ मिश्रले बिना पूर्व तयारी
हचुवाको भरमा गरेको यस्तो निर्णयले मेनपावर व्यवसायीहरु दोहोरो सम्झौता पत्र बनाएर कामदार पठाउने गरिरहेका छन् । जसले गर्दा कामदारहरु सम्झौता बमोजिम सेवा सुविधा पाउनबाट बञ्चित भएका छन् । रोजगारदाताले दूतावासले लागू गरेको नियम अनुसार नेपाली कामदार लिन अनिच्छुक देखिएकाले व्यवसायीहरु पनि दोहोरो सम्झौता पत्र बनाउन बाध्य भएका छन् । कतारस्थित दूतावासमा तलब नपाएको गुनासो गर्दै आउनेहरुको संख्या दिनानुदिन बढे पनि दूतावासले भने कामदारको समस्या समाधान गर्न खासै चासो देखाएको पाइदैन । कामदारको उजुरीको आधारमा मेनपावर कम्पनीलाई कालोसूचीमा राख्ने र सिफारिस गर्ने बाहेक केही काम गरेको पाइदैन । दूतावसको यही रवैयाका कारण कतार पठाउने बहानामा केही मेनपावर कम्पनीहरुले भने राम्रो कमाउने बाटो पाएका छन् । औपचारिकता पू¥याएर माग पत्र स्वीकृति लिने र एक लाख भन्दा बढी रकम लिएर कामदार पठाई दोहोरो कमिसन खाने कम्पनीहरुलाई दूतावासको यो नियम सहकाल नै भएको छ ।
तर, २० हजार रुपैया लगानी गरेर मासिक ८ सय रियाल आम्दानी गर्ने सपन बुन्दै विदेशिएका कामदारहरु भने अलपत्र पर्ने र दूतावासको शरणमा पुग्न बाध्य बनाइएका छन् । तर, कतारमा कार्यरत नेपालीहरु राजदूतको यो नियमका कारण कामदारहरुले सेवा सुविधा होइन अनावश्यक झन्झट् बेहोर्नु परेकोले यो निर्णयमा तत्काल पुनर्विचार हुनुपर्ने धारणा राख्दछन् ।
sorce khadisandesh

No comments:

Post a Comment