Total Pageviews

Wednesday, September 28, 2011

0

आफ्नो नाममा कुनै बारेन्ट जारी नभएको शाहको घुर्की

काठमाडौं । भूमि सुधार तथा ब्यवस्था मन्त्री प्रभु साहले आफ्नो नाममा कतैबाट पनि पक्राउ पुर्जी जारी नभएको दावी गरेका छन् । हिन्दुवादी कार्यकर्ता काशी तिवारी हत्या काण्डमा पक्राउ पुर्जी जारी भएको भनि मंगलबार प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकामा समाचार प्रकाशित भएपछि काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री साहले समाचारमा आए जस्तो आफ्नो नाममा कतैबाट पनि पक्राउ पुर्जी जारी नभएको दावी गरे ।उनले भने-समाचार आएपछि मैले गृहमन्त्री प्रहरी र संविधानसभा सबैतिर बुझे तर कतै पनि कुनै पत्र मेरो नाममा आएको छैन । मलाई बदनाम गराउने योजना अन्र्तगत त्यस्तो समाचार आएको हो । मन्त्री साहले आफू शान्ति संविधान जनतालाई राहत र भूमि सुधारको काममा लागेको बेला भू-माफीया र शान्ति संविधान विरोधीहरुले यो जनाबद्ध ढंगले आफूलाई र पार्टीलाई बदनाम गराएर प्रभावित पार्ने योजना बनाएको दावी गरे ।

उनले आफ्नो चरित्र र राजनीतिक जीवनको हत्या गर्ने योजनाका साथ प्रचार प्रसार गरिएको भन्दै त्यस सबैलाई सचेत हुन समेत आग्रह गरेका छन् । कार्यक्रममा भोजपुरा राज्य समितिका ईन्चार्ज भीमप्रसाद गौतमले माओवादी पार्टी र हिन्दुवादी कार्याकर्ता काशी तिवारीवीचकुनै पनि किसिमको सम्बन्ध नरहेको भन्दै जवरजस्ती मन्त्री र पार्टीलाई बदनाम गर्ने योजनाका साथ प्रचारबाजी गरिएको दावी गरे । उनले पनि माओवादी शान्ति र संविधान निर्माणमा अगाडि बढी रहेको बेला शान्ति र संविधान बन्ने भो भनी आत्तीएका शान्ति संविधान विरोधीहरुले माओवादी र अरुको ध्यान अर्कै तीर मोडन चलाएको हल्ला भएको बताए ।
भोजपुरा राज्य समितिकी सचिव अन्जना विशंखेले तिवारी हत्यामा किटानी जाहेरी नपरेका मान्छेलाई माओवादी कार्यकर्ताको रुपमा देखाएर किटानी बयान भनि दष्प्रचार गरिएको आरोप लगाईन । उनले आफ्ना दर्जनौ कार्यकर्ताको हत्या भएकोमा प्रहरीले कुनै अनुसन्धान नगरी हुँदै नभएको घटनामा मन्त्रीलाई जोडेर पार्टीलाई बदनाम गराउने योजना अन्र्तगत काम भएको दावी गरिन । विशंखेले सन्चारमाध्यमलाई पनि सत्य तथ्य बुझेरमात्रै समाचार प्रकाशित गर्न आग्रह गर्दै माओवादीलाई सौताको जस्तो ब्यवहार नगर्न सुझाव दिईन ।


No comments:

Post a Comment