Total Pageviews

Sunday, September 18, 2011

0

सरकारको सो कदामका बिरुद्द हस्ताक्षर

नेपाल विश्व सहयोग संघ अश्ट्रेलियाका अध्यक्ष डा मणी नाथ पनेरुले राष्ट्रिय पोशाक खारेज गर्ने हालै नेपाल सरकारले लिएको लिएको निर्णय फिर्ता गर्न आव्हान गर्नु भएको छ।  एक प्रेस वक्तव्य मार्फत सो आव्हान गरिएको हो। सरकारको सो कदामका बिरुद्द हस्ताक्षर संकलन गरिने अध्यक्ष पनेरुले बताउनु भएको छ। प्रस्तुत छ प्रेस वक्तव्यको पूर्ण विवरण :
सयौं बर्ष देखि नेपाल राष्ट्रको गौरवमय पहिचानको प्रतिक, राष्ट्रिय पोशाकलाई खारेज गरेर नेपाल सरकारले जनभावनाको अवमुल्यन मात्र गरेको छैन्, नेपाली पनलाई र नेपाली मनलाई छुरा धसेको छ। नेपालको राष्ट्रियता सँग जोडिएको यो सम्बेदनशील निर्णय गर्न भन्दा पहिला एउटा सामान्य बहस सम्म पनि नचलाइ हँचुवाको भरमा निर्णय गरेर सरकारले गम्भीर ऐतिहासिक भूल गरेको छ। बिनास काले बिपरित बुद्दी भनेर हाम्रा पुर्खाहरुले त्यसै भनेका होइन रहेछन। नेपालको अस्मितालाई नै खतरामा पार्ने यो पहिलो जघन्य दुश्प्रयास हो भन्ने हामिलाई लागेको छ। हामि विश्वभर रहेका स्वाभिमानी नेपालीहरु, नेपाली राष्ट्रियतामा आँच आउने गरि गरिएको यो अलोकतान्त्रिक विबेकहिन निर्णय अबिलम्ब फिर्ता लिन वर्तमान सरकारसँग जोड्दार माग गर्दछौँ।
यो मागसँग सहमती जनाउने सम्पुर्ण स्वभामानी नेपाली दाजु भाइ दिदि बहिनिहरुलाई आफ्नो एक्यबद्दताको हस्ताक्षर दिन हामि हृदय देखि निवेदन गर्दछौं।

No comments:

Post a Comment