काठमाडौं । राजस्व अनुसन्धान विमागले कपिलबस्तुको चनौटास्थित गुँरास डिस्टिलरीमा छापा हानेर नक्कली तथा स्टीकरसमेत नभएका ठूलो परिमाणको रक्सी राखिएको उद्योगको गोदाम र मुख्य डिस्टिव्यूटस्रको गोदाम समेत शिल गरेको छ । सोफी पि्रती र देउराली नामका रक्सी उत्पादन गर्दै आएको गुँरास डिस्टिलरीले लामो समयदेखि राजस्व छल्नैका लागि मापदण्ड बाहिरको विशालु रक्सीमात्रै बजारमा पठाएको थिएन उसले राजस्व छल्न विना स्टीकरका र कम परिमाणको बोत्तलमा रक्सी भरेर समेत ठगी गर्दै आएको उजुरीका आधारमा राजस्व अनुसन्धान विभागको निर्देशनमा राजस्वकै वुटवलस्थित क्षेत्रीय कार्यालयले छापा हानेको हो ।
प्राप्त खबरअनुसार उद्योग र मुख्य डिलर सुगागमन ट्रेडस्रको गोदाममा शिल गरिएको भए पनि गुँरास डिस्टिलरीका रक्सी बिक्री वितरण गर्ने अन्य डिलर र पसलमा भने कुनै कारवाही गरिएको छैन । नक्कली रक्सी र स्टीकर समेत नभएको प्रमाण भेटिइसकेको अवस्थामा गुँरासका सबै उत्पादन नियन्त्रणमा लिइनु पर्नेमा शिल गरिएको भनिएका रक्सी समेत छाड्न चलखेल भइरहेको बताइन्छ । स्रोतका अनुसार छापा प्रकरणलाई उत्तैतिर सामसुम पार्न वुटवलस्थित राजस्वको क्षेत्रीय कार्यालयका नासु जो टाइपस्ट हुन् उनले महानिर्देशक शान्त बहादुर श्रेष्ठको समेत नाम लिँदै छापा प्रकरण आफूले मिलाउन सक्ने भन्दै रक्सीवालासँग चर्काे मोलतोल गरीरहेको स्रोतले पत्तो पाएको छ । विभिन्न प्रकरणमा पटक पटक आर्थिक विवादमा तानीने गरेका नासु युवक पौडेलकी श्रीमती विभागमा कार्यरत रहेको र कतिपय विभागमा परेका उजुरी र विभागीय सूचनासमेत उनले लोग्नेलाई सुटुक्क दिने गरेको बताइन्छ ।
गुँरास डिस्टिलरीको आफ्नै स्प्रट पलान्ट भएको र उसले आफ्ना तीनै वटा उत्पादन विषसरी नै तयार पारेर विनास्टीकर बिक्री वितरणका लागि बजारमा पठाउने गरेका रहश्य फेला परेको छ । त्यस बाहेक पनि उसमाथि कारवाही गर्ने अन्य उसका बदमासी समेत फेला परेका छन् । डिस्टीलरीले एउटा सेम्पल देखाउने र अर्कै उत्पादन बिक्रीका लागि सप्लाई गर्ने गरेको पाइएको छ । डिस्टिलरीले पेट बोत्तलमा सोफी र पि्रती रक्सी भर्ने गर्छ भने देउराली रक्सी सीसाको बोत्तलमा भरिन्छ । पेटमा ३०० एमएल भन्ने गरीए पनि २८० एमएल मात्र हुने गरेको बताइन्छ । त्यससँगसँगै स्थानीय दैनिक पत्रिका र राष्ट्रिय दैनिक पत्रिकामा छुट्टाछुट्टै बिक्री मुल्य तोकेर विज्ञापन गरी भट्टीवालले ठूलै राजस्व ठगी गरेको समेत प्रमाण फेला परेको छ । गुँरास डिस्टिलरीले रुपन्देहीबाट प्रकाशित हुने तिलोत्तमा दैनिक र राजधानीबाट प्रकाशित हुने कारोवार दैनिकमा फरक फरक बिक्री मुल्य तोकेर गरेको विज्ञापनबाटै उसको राजस्व मार्ने नियत प्रष्टै हुन्छ । नारायणी शाहको नाममा दर्ता भएको रक्सी भट्टी हाल हेमन्त शाहले साचालन गरीरहेका छन् ।
राजस्वमारासँग कुनै सम्झौता गर्नै नचाहाने र आर्थिक सवालमा फिटिक्कै विवादमा नपरेका महानिर्देशक शान्त बहादुर श्रेष्ठको भावना विपरित राजस्व अनुसन्धानका केही भ्रष्ट कर्मचारीले भने भित्रभित्रै चलखेल गर्ने गरेको विभाग स्रोतले जानकारी दिएको छ । ुप्रधानमन्त्री र मन्त्रीका सिफारिसमा राजस्व अनुसन्धानमा सरुवा भएकाहरुमाथि महानिर्देशक एक जनाले के नै गर्न सक्ने अवस्था रहन्छ र ु विभागका एक अधिकारीले भने ुत्यै पनि धेरै गरिएको छ ।ु उनका अनुसार आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधार भएको खण्डमा राजस्वले धेरै गर्ने थियो तर सिमित साधन र स्रोत त्यसमा पनि विवादास्पद छविका कर्मचारीको साथमा खासै चाहेको नतिजा निकाल्न राजस्व अनुसन्धान विभागले सकिरहेको छैन ।
यहीबीच अनियमितता गर्ने जोसुकैमाथि आफू कडारुपमा प्रस्तुत हुने महानिर्देशक श्रेष्ठले बताउनु भएको छ । उहाँको अभियानले अहिले काला व्यापारीमात्रै नभएर राजस्वमारा तस्कर माफिया समेत डगमगाउन थालेका छन् । महानिर्देशक श्रेष्ठकै आदेशमा राजस्वले यतीबेला ठाउँठाउँमा अप्रेशन गरिरहेको छ भने नतिजा पनि राम्रै हात लागेको छ ।
उता पथलैयास्थित राजस्व अनुसन्धानको क्षेत्रिय प्रमुख महेन्द्र बाँनियाले पनि पदिय दूरुपयोग निकै गरेकेा गाइँगुइँ सुन्नमा आएको छ । उनले भवानी डिस्टिलरीमा छापा हानेको प्रकरण भित्रभित्रै मिलाएर ठूलै अनुचित लाभ लिएको बताइन्छ । यद्यपि उनीसँग सम्पर्क गर्दा आफूले राजस्वमारासँग कहिल्यै हातेमालो नगरेको बताए । विगतमा एअरपोर्ट भन्सारमा रहँदा उनी बारम्बार विवादमा तानिन्थे । अवकाशको मुखैमा पुगेका श्रेत्रिय प्रमुख बाँनीयाले अन्य व्यापारी र तस्करबाट पनि शुभलाभ गरिरहेको प्रहरीले जानकारी दिएको छ । यसबारेमा खोजी जारी छ ।

No comments:
Post a Comment