Total Pageviews

Thursday, September 22, 2011

0

गजल प्रतिभा पुरस्कार अथकलाई………।

पोखरा   / गजल सन्ध्या पोखराले हरेक बर्ष मोति जयन्तिको अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार-२०६८बाट गजलकार कमल पौडेल अथकलाई पुरस्कृत गर्ने भएको छ ।
पो्खरामा विगत लामो समयदेखी पत्रकारीता र गजल लेखनको क्षेत्रमा योगदान गर्दै आएका अथकले गजेको भोटो र पे्रमको मधुमास गरी दुई गजलसंग्रह प्रकाशनमा ल्याईसकेका छन । स्याङ्जाको बिचारी चौतारामा जन्मिएका अथकका गीत गजल हाईकु खण्डकाव्य लगायतका बिधामा एकदर्जन पुस्तक प्रकाशनमा छन् । गजलको उत्थान हाम्रो अभियान भन्ने उदघोषका साथ नेपाली गज्लको उन्नयनमा समर्पित गजल सन्ध्या पोखराले प्रदान गर्ने पुरस्कारको राशी नगद रु दुई हजार दुईसय एक र सम्मान पत्र रहेको छ ।
गजल सन्ध्या पोखराले प्रतिभा छनौटका लागी गजलकार दिपक समिपको संयोजकत्वमा गजलकारहरु प्रकट पंगेनी शिव र ईश्वरमणि अधिकारी सदस्य रहको एक कमिटी गठन गरेको थियो । कमिटीले पोख्रेली गजललेखनमा निरन्तर सकि्रय रहेका र दुई गजलसंग्रह प्रकाशन गरी सकेका अथक नै यो पुरस्कारको लागी सही प्रतिभा भएको ठहर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ । अथकलाई आगामी असोज ७ गते एक विशेष समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिने गजलसन्ध्या पोखराका सचिव मन क्षेत्रीले बताएका छन । यस अघि सो पुरस्कारबाट गजलकारहरु रुपक बनवासी ईन्द्रक्रमार विकल्प र गोविन्दराज बिनोदी सम्मानित भईसक्नु भएको छ ।

No comments:

Post a Comment