Total Pageviews

Sunday, September 18, 2011

0

अधिकारका लागि आन्दोलन आवाश्यक

पोखरा / कास्कीका आदिवासी जनजाति अगुवाहरुले अधिकारका लागि आन्दोलन आवाश्यक रहेकोमा जोड दिएका छन ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आज पोखरामा आयोजित आदिवासी जनजाति अधिकारका लागि सम्वादद्धारा शान्ति निर्माण आयोजना परिचयात्मक गोष्ठीका सहभागीहरुले आदिवासीहरुलाई अल्मल्याउन सम्वादद्धारा शान्ति निर्माण आयोजना ल्याइएको आरोप लगाए ।

कार्यक्रममा तमु िधं नेपालका राजेन्द्र तमु थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचन मगर संघ कास्कीका सचिव यामबहादुर थापा आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रिय सदस्य फरेन्द्र थापामगर जिल्ला अध्यक्ष युवराज तमु केवि तमु अनिस श्रेष्ठ इमानबहादुर तमु मनोज घर्ती ज्योति भट्टचन विष्णु शंकर ख्वाउजु यमी तामाङ राजेन्द्र खड्गी कुमार थापा हुमबहादुर तमु दीपक तामाङ धर्मबहादुर तमु लगायतले आदिवासी जनजाति विच कुनै द्धन्द्ध नभएकाले सम्बादद्धारा शान्ति निर्माण आयोजनाले अधिकारका लागि सहयोग गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा महिला तथा बालवालिका कार्यलयका मैना खाँण जिल्ला प्रसासन कार्यलयका पदम लामिछाने उत्पिडित जातिय मुक्ति समाजको केन्द्रिय उपाध्यक्ष टेकु नेपालीले समान अधिकार आवाश्यक रहेकोमा जोड दिनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथी प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापाले आयोजना आदिवासी जनजातिको सुनिश्चितताका लागि सहयोगी बन्ने दावी गर्नुहुदै शान्तिपुर्ण कदमबाटै अधिकार प्राप्ति हुने बताउनु भयो । क्रान्तिका कुरा गर्ने कास्कीका आदिवासी जनजाति अगुवाहरुले कास्कीमा आदिवासी जनजातिको सामुदायिक भवन निर्माणका लागि प्रतिष्ठानले उपलब्ध गराएको १८ लाख ५० हजार रुपैया सदुपयोग गर्न नसकेको थापाले आरोप लगाउनु भयो ।आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षता र सचिव पुर्ण ह्योल्मो साचालन गरेको कार्यक्रममा परियोजनाका फिल्ड सुपरिवेक्षक आशा माझीले परियोजनाका बारेमा चर्चा गर्नु भएको थियो । परियोजना नेपालका तीस जिल्ला मध्ये कास्कीमा पनि साचालन हुने भएको छ ।

No comments:

Post a Comment