Total Pageviews

Wednesday, September 28, 2011

0

तेस्रो लिङ्गीले सरकारसंग कण्डम मागे

तेस्रो लिङ्गीले सरकारसंग कण्डम मागे

काठमाडौं । मुलुकमा रहेका ८ प्रतिशत तेस्रो लिङ्गीहरुले आपुूहरुले पहिचानसिहतको नागरिकता स्वस्थ्य जीवन यापनको लागि कण्डम र लुवि्रकेण्ट्सको माग गरेका छन् । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महिला र पुरुष भन्दा फरक लैङ्गीक पहिचान तथा यौन अभिमूखिकरणका कारण यौनिक तथा लैङ्गीक अल्पसंख्यक समूदायका व्यक्तिहरुले समाजमा अपहेलित बन्नुपरेको भन्दै पहिचानसहितको नागरिकता र यौनजन्य रोगबाट बच्नका लागि अस्थायी साधनको माग गरेका हुन् । उनीहरुले सर्वोच्च अदालतले महिला र पुरुष जस्तै तेस्रो लिङ्गी वा समलिङ्गीहरु पनि मानव हुन र यो देशका नागरिक भएको भन्दै उपयुक्त कानुन बनाउनु वा संशोधन गर्न भनी नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको ४ वर्ष वितिसक्दा पनि सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाएका थिए ।

पत्रकार सम्मेलनमा उनीहरुले नागरिकताको अभावमा अन्य नेपालीहरुले पाउँदै आएको सुविधा शिक्षा रोजगार स्वास्थ्य सम्पत्ति जस्ता नैसर्गिक अधिकारबाट बिाचत हुनुपरेको भन्दै केही जिल्लाका
केही व्यक्तिहरुले तेस्रो लिङ्गीको नागरिकता प्राप्त गरेको भए पनि पहिचान नखुलेकाले हरेक क्षेत्रमा अपहेलित बन्नुपरेको गुनासो पोखॆ ।
उनीहरुले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुको मानव अधिकार तथा कानुनी अधिकारहरुको संरक्षण स्वास्थ्यको अधिकार विषेश गरी एच। आई।भि एड्स तथा यौनजन्य रोगहरु
को रोकथामका लागि ग्लोवल फण्ड राउण्ड ७ र युएनडिपी डिफिडको सहयोगलाई विश्वबैङकले निरन्तरता दिने भने पनि स्वास्थ्य मन्त्रालयको कारण विगत २ महिनादेखि बन्द भएकोले खाने वस्न जटिल बन्दै गएको दावी गरे ।

यौनिक तथा लैङ्गी अल्पसंख्यक समुदायको अधिकार तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको नील हिरा समाजले ४० वटा सहरमा गर्ने कार्यक्रम बन्द हुने अवस्थामा पुगेका दावी गरेको छ । कार्यक्रममा बोल्दै नील हिरा समाजका संस्थापक सुनिल बाबु पन्तले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता नदिएर राज्य अपराधि बनेको आरोप लगाए । उनले भने राज्यले हेलचेक्र्याँई गरिदिँदा हामी राज्यको तर्फबाट पाउनुपर्ने सबै अवसरबाट बिाचत बनेका छौं ।

पूर्वााचलबाट प्रतिनिधित्व गरेकी मनिषा विष्टले स्वास्थ्य नै सेक्स भएकाले स्वस्थ्य बन्नका लागि आफूहरुलाई कण्डम लुवि्रकेण्ट्सको अभाव भएको बताईन । तेस्रो लिङ्गी सुमन लामा मनकुमारी तामाङ ले आपुू तेस्रो लिङ्गी भएको कार्ड देखाउँदासमेत गाडी कलेजमा अपहेलित बन्नुपरेको गुनासो गरिन ।



No comments:

Post a Comment