Total Pageviews

Thursday, September 22, 2011

0

पोखरा गोल्ड कप २०६८ का बिभिन्न समितिहरु गठन

आश्विन  / आगामी कार्तिक २२ गते देखि पोखरा रङगशालामा संचालन हुने राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न गर्न बिभिन्न उपसमिति गठन भएको छ ।कास्की जिल्ल्ाा फुटबल संघ एन्फा संघका अध्यक्ष खेम वहादुर गुरुङको अध्यक्षतामा बिहिबार सम्पन्न भएको बैठकले प्रतियोगितालाई ब्यबस्थित रुपमा सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गरेको हो ।प्रथामिक उपचार संयोजकमा संघका सल्लाकार डा।दिगविजय शर्मा तिमि_िल्सना यातायात तथा होटल ब्यवस्थापनमा सुर्यबहादुर भुजेल सुरक्षा ब्यवस्थापनमा विमल बस्याल स्वयंसेवक परिचालनमा दिनेश श्रेष्ठ टिम समन्वय तथा अतिथी सत्कारमा गणेशबहादुर भट्टराई प्राविधिक तथा अनुसासनमा गोपाल थापा माच ब्यवस्थापनमा बिक्रम थकाली चयन हुनुभएको सचिव बसन्त थकालीले जानकारी गराउनु भयो ।एन्फा कास्कीका उपाध्यक्ष गोपी बहादुर भट्राइ प्रतियोगिताको संयोजक रहनु भएको छ । प्रतियोगितामा काठमान्डौमा सम्पन्न भएको रेडबुल लिगबाट सुपरलिगमा प्रबेश गरेका चर्चित ८ ए डिभिजन क्लवहरु सहित बगलादेश भारत र भुटानका एक÷ एक टिम सहित आयोजक पोखराको एक टिम गरि करीव १२ टिमको सहभागिता रहने एन्फा कास्कीका सहसचिव बुद्धि खत्रिले जानकारी दिनु भयो ।



प्रतियोगितामा बिजेताले २ लाख र उपबिजेताले एक लाख र उत्कृष्ट खेलाडीले एक

थान मोटरसाईकल पाउने भएको छ ।

एबीसी सहारा क्लब र इन्द्रेणी एकिकृत विकास केन्द्रले भट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको सेमिफाईनमाअम्मरिसंङ ब्वाईज क्लब एबीसी सहारा क्लब र इन्द्रेणी एकिकृत विकास केन्द्र पोखरामा जारी भट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको सेमिफाईनमा प्रबेस गरेका छन्।बगर भाईखलक पोखराको आयोजनामा पोखराको पुरानो टुडिखेलमा बिहिबार भएको पहिलो खेलमा एबीसीले योस्र स्पोटस्रको टोलीलाई एक शुन्यको झिनो गोल अन्तरले पराजीत गरेको हो । एबीसीको जितमा राजेस गुरुङले निर्णायक एक गोल गरेका हुन साथै गुरुङ म्यान अफ दी म्याच समेत घोषित भए ।



म्यान अफ दी म्याच घोषित दिपेन्द्र कार्कीको निर्णायक एक गोलको मद्धतले इन्द्रेणी एकिकृत विकास केन्द्रले भलामको भेट्रान्सको टोली माथि जित दर्ता गरी सेमिफाईनलमा यात्रा बनाएको हो ।
बिहिबारको अन्तीम खेलमा सहारा क्लबले आयोजक बगर भाई्रखलकको सेतो टोलीलाई ३-१ को गोल अन्तरले पराजीत गरी अन्तीम ४ मा स्थान बनाएको हो ।







बुधबारको खेलमा काठमाण्डौं भाई खलकको समुहले हेमजा भेट्रान्सलाई पन्छाउदै सेमिफार्यनलमा यात्रा बनाएको थियो ।



सुक्रबार एबीसी र सहारा क्लब तथा काठमाण्डौ भाई खलक र इन्द्रेणी एकिकृत विकास केन्द्र बिच सेमिफाईनलका खेलहरु हुने भएको आयोजक संस्थाका सदस्य सिम गुरुङले बताउनु भयो ।







असोज ८ गते देखि पोखरामा रारा सेभेन ए साईड फुटबल हुने



पोखरा ५ असोज



पोखराको रामबजारमा रहेको भ्याली स्पोटस्र क्लबको आयोजनामा यही असोज ८ गते देखि प्रथम रारा सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । असोज १४ गतेसम्म पोखरा रङगशालामा संचालन हुने उक्त प्रतियोगितामा करीब ४० टोलीको सहभागिता रहने क्लबले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।



प्रतियोगितामा बिजेता टोलीले नगद ७० हजार र उपबिजेताले नगद ४० हजारको साथमा कप मेडल प्रमाण पत्र पाउने भएको खेल संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी गराउनु भयो ।



फुटबल खेलको विकास आपसी भाईचारा र पोखरा खेलकुदको शहर फुटबल विकास गराउन भ्यालीको रहर भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता आयोजना गर्न जुटेको क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङले बताउनु भयो ।



प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख अर्च लाग्ने भएको क्लबले जनाएको छ । क्लबले पोखरा रङगशालाको पश्चिमपट्टिको फुटबल मैदान मर्मत गर्न करीब २५ हजार रुपैया खर्चिएको क्लबका सचिव तथा खेल संयोजक सम्मर बहादुर श्रेष्ठले बताउनु भयो । रारा चाउ चाउ मुख्य प्रयोजन रहेको उक्त प्रतियोगिता सम्पन्न गर्न चाउचाउले एक लाख सहयोग गर्ने भएको क्लबका अध्यक्ष मेनकाजी गुरुङले बताउनु भयो ।
साथै प्रतियोगिता सम्पन्न गर्न क्लबले सम्मर हादुर श्रेष्ठको मुल संयोजकत्वमा बिभिन्न उपसमिति गठन समेत गरेको छ ।
पत्रकार सम्मेलनको अवसरमा सहारा खेलकुद पत्रकारीता पुरस्कारबाचट हालै पुरस्कृत हुनु भएका रेडियो अन्नपुर्ण÷पोखरापत्रका संबाददाता दिननाथ बराललाई्र बधाई ज्ञापन गरीएको थियो । क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङले खादा लगाई सफलताको कामना गर्दै बधाई ज्ञापन गर्नुभएको हो । साथै सोहि अवसरमा राष्ट्रिय फुटबल खेलाडी एवम भ्यालीका टिम कप्तान बिजय गुरुङले क्लबका जुनियर टोलीलाई दुई थान फुटबल हस्तान्तरण गर्नु भएको थियो ।दिननाथ बराल




No comments:

Post a Comment