Total Pageviews

Wednesday, September 21, 2011

0

पल्सर वर्ष खेलाडी गुरुङ र पत्रकार बराललाई बधाई ज्ञापन

पोखरा  / जिल्ल्ाा खेलकुद विकास समिति कास्कीले लोकपि्रय बिधाको पल्सर बर्ष खेलाडी
सिपोरा गुरुङ र सहारा खेलकुद पत्रकारीता पुरस्कार-२०६८ बाट हालै पुरस्कृत
हुनुभएका पत्रकार दीननाथ बराललाई बधाई ज्ञापन गरेको छ ।
पोखरामा बुधबार आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य
दीलिपविक्रम शाही जिल्ल्ाा खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा र
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले गुरुङ र बराललाई
सम्मानस्वरुप फूलमाला र खादा लगाई सफलताप्रति बधाई ज्ञापन गर्नुभएको थियो

समारोहमा राखेप सदस्य शाहीले सम्मानको गरीमालाई बचाई राख्न आग्रह गर्नुभयो ।
गुरुङ र बरालको हौसलास्वरुप आफुहरुले बधाई ज्ञापन गरीएको बताउँदै जिल्ल्ाा
खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले सम्मानको पछाडि आफ्नो
कत्र्तब्य समेत पालना गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
भलिवल खेलाडी सिपोरा गुरुङले आफूले पोखरेलीहरुको अपार माया पाएका
कारण पल्सर वर्ष खेलाडी हुन सफल भएकोमा खुशी ब्यक्त गर्दै खेलकुदमा
निरन्त्ार लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
सहरा पुरस्कारबाट पुरस्कृत पत्रकार बरालले पत्रकारिता पेशा निकै चुनौतीपूर्ण
भएकोले यस प्रकारका सम्मान कार्यक्रमले उनीहरुलाई थप हौसला बढाउने बताउँदै
सबै खेलकुदकर्मीप्रति आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा हालै सहारा क्लबको अध्यक्षमा पुन चयन हुनुभएका बिक्रम थकाली
भलिबल प्रशिक्षक बलराम क्षेत्री र सिपोरा गुरुङ सहयोग समितिका संयेाजक चिनु
रानाभाटलाई बधाई ज्ञापन गरीएको थियो ।

No comments:

Post a Comment