Total Pageviews

Sunday, September 18, 2011

0

एलोभेरा खेति स्याङजामा सुरु गरिने

राधाकृष्ण डुम्रे
स्याङजाको वालिङमा रहेको रेडियो वालिङको साचालक संस्था एजिको नेपाल गैरसरकारी संस्थाले एलोभेरा र स्टेभिया खेति सुरु गर्ने भएको छ । जैविक कृषिको माध्यमबाट कृषकहरुको आििर्थक स्तर बृद्धि गरी स्याङ्जाको आर्थिक स्तर सुदॄढ बनाउने उद्येश्यले उक्त योजना ल्याएको संस्थाका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिनु भयो । एलोभेरा र स्टेभिया खेति विकास विस्तार र अर्थोपार्जन बृद्धिको लागि कृषकहरुसम्ाक्ष उक्त योजना पुर्याउनको लागि एजिको नेपाल गैरसरकारी संस्था मध्यस्थकर्ता रहनेगरी संस्थाले पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपाल प्रा।लिसँग सम्झौता भएको छ । यस अन्तर्गत आगामी कात्तिक महिनामा साचालक संस्था एजिको नेपालले ६ हजार विरुवा लगाउनुपर्ने सम्झौतामा उल्लेख छ । यस्तै व्यवसायिक रुपमा खेति गर्न इच्छुक कृषकहरुद्धारा १ महिना भित्रमा १ लाख विरुवाको खेति सुरु गरिने समेत संस्थाले जनाएको छ । जैविक कृषि सन्तुलित पर्यावरण र स्वच्छ वातावरण संस्थाको मूल नारा भएकोले सोही अनुरुप कार्य सुरुवात गरिएको सम्झौतापछि संस्थाका अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँका अनुशार कृषकको आर्थिक उत्थानमा सहयोग पुर्याउने उद्येश्यले साचालन गरिएको यस कार्यक्रमले कृषकहरुलाई विरुवा प्राविधिक सहयोग र बजार व्यवस्थापन समेत गर्ने बताउनुभयो । 






प्रकोप व्यवस्थापन सम्वन्धी कार्यक्रम सम्पन्न
स्याङ्जाको प्रकोप व्यावस्थापनको क्षेत्रमा भएको योजना कार्यक्रम प्रतिबद्धता चुनैती तथा अनुभवका बारेमा आज जिल्ला विकास समितिको कार्यालयका अन्र्तकि्रया कार्यक्रम सम्पन्न भएको छ । यूएसआईडी अमेरीका दुतावासका वाताराण तथा विपत्त ब्यावस्थापन हेर्ने टोली प्रमुख ए सिजन टोकर लगाएतको चार जनाको टोली र स्याङ्जाका संचार क्षेत्र निजी क्षेत्र सरकारी गौर सरकारी निकाय लगाएको सहभागितामा अन्र्तत्रिया भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत जिल्ला बन अधिकृत जिवनाथ पौडेल गैर सरकारी महासंघका अध्यक्ष रामचन्द्र गौतम नेपाल रेडक्रस सोषाईटी स्याङजाका सभापती चन्द्रमणी पौडेल आपसि सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्मा थेकोफनका टोप बहादुर कार्की र शर्मिला शर्माले दैबी प्रकोप र जोखिम ब्यवस्थापनका बारेमा बोलेका थिए ।

No comments:

Post a Comment