Total Pageviews

Monday, September 19, 2011

0

यूएईको चौथो राष्ट्रिय महाधिवेशन

दुबई यूएई / गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको चौथो राष्ट्रिय महाधिवेशन १६ सेप्टेम्वर २०११ मा दुबईमा सम्पन्न भएको छ । परिषदका निवर्तमान अध्यक्ष चुडाणी ढकालको सभापतित्वमा सम्पन्न उक्त महाधिवेशनको प्रमुख अतिथि गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष देवमान हिराचन हुनु हुन्थ्यो । विशेष अतिथि नेपाली दुतावास यूएईका नियोग उपप्रमुख दीपक अधिकारी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष जिवा लामिछाने, कोषाध्यक्ष रामेश्वर शाह, मध्यपुर्वका पूर्व संयोजक चन्द्र प्रसाद सापकोटा र कतारका निवर्तमान अध्यक्ष नरेन्द्र भाट हुनुहुन्थ्यो । निवर्तमान महासचिव सुरेश बस्यालद्वारा सञ्चालन गरिएको उक्त महाधिवेशनका अतिथिहरुमा संघका यूएईबाट सदस्य पिएस लिम्बु, च्यारिटी कार्यदलका सदस्य डा आशिफ अलि सिद्दिकी, सल्लाहकार डि एल शर्मा, क्या दिपक थपलिया, विज्ञान राणा, मोहन शर्मा, नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल, जनजाति महासंघका अध्यक्ष गिरमान थापा, प्रवासी नेपाली संघ यूएईका अध्यक्ष यमलाल पंगेनी, तामाङ समाज यूएईका अध्यक्ष राम मोक्तान, जन सम्पर्क समिति यूएईका अध्यक्ष चित्र के सि, तमुसमाज यूएईका अध्यक्ष राजु गुरुङ, नेपाली जनप्रगतिशिल मञ्च यूएईका महासचिव श्याम परियार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएईका प्रतिनिधि निमेष गिरी, मगर समाज यूएईका उपाध्यक्ष नुन प्रसाद सोमाइमगर, व्यवसायी विमल ढकाल लगायत हुनु हुन्थ्यो । खचाखच पंजीकृत सदस्यहरुको उपस्थितिले कार्यक्रममा उत्साह थपेको थियो प्रमुख अतिथिद्वारा द्विप प्रज्वलित गरि विधिवत उद्घाटन गरिएको उक्त महाधिवेशनमा राष्ट्रिय गान बजाउदै शुरुभएको महाधिवेशनमा सहभागि सबैले राष्ट्रिय गानमा भाग लिएका थिए । निवर्तमान अध्यक्ष ढकालले पुष्प गुच्छा दिदै प्रमुख अतिथि र नेपाली दुतावासका नियोग उपप्रमुखलाइ स्वागत गर्नु भयो भने निवर्तमान उपाध्यक्ष छत्र लामा द्वारा उपस्थित सबैलाइ आयोजकको तर्फबाट स्वागत गर्नु भएको थियो महाधिवेशनलाई आफ्नो शुभकामना तथा मन्तव्य दिने क्रममा प्रमुख अतिथि देवमान हिराचनले राष्ट्रिय समन्वय परिषद यूएईले आयोजना गरेका तथा सम्पन्न भएका मध्यपूर्व भेला तथा पाँचौ क्षेत्रिय सम्मेलन द्वार जारी क्रमशः २६ तथा १२ बुँदे घोषणामा अगाडी सारेका विषयमाथि संघ गम्भिर रहेको कुरा व्यक्त गर्दै व्यवहारमा लागु गर्नलाइ समय लाग्ने बताउनु भयो । यस सँस्थामा आफ्नो व्यक्तिगत अनुभवहरु पनि सुनाउनुभएको थियो । महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा विशेष अतिथि नेपाली राजदुतावास यूएईका नियोग उपप्रमुख दीपक अधिकारीले महामहिम राजदुत, राजदुतावास र व्यक्तिगत रुपमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईले गरेका कामहरुको प्रशंशा गर्दै यूएईमा रहेका महिलाहरुको समस्यामा दुतावासले सरकारलाइ सुझाव पठाइ सकेको जानकारी दिनुभयो । वहाँले आफू अमेरिकाको नियोगमा रहँदा दोहोरो नागरिकता सम्बन्धि बटुलेका अनुभव पनि सुनाउनुभयो जुन मध्यपूर्वको हकमा भने लागु हुदैनन् । संघका उपाध्यक्ष जिवा लामिछानेले संघले सामाजिक कार्यमा मात्र लगानी गर्ने तथा कसरी लगानीकर्ता र नेपाल विच पुलको काम गर्न सक्छ भन्ने बारे स्पष्ट पार्नुभएको थियो र आगामी विश्व सम्मेलनमा भाग लिनको लागि सबैलाइ अनुरोध पनि गर्नु भएको थियो । संघका कोषाध्यक्ष रामेश्वर शाहले गैरआवासीय नेपाली अभियानको ८ वर्ष पुरा गर्दा संस्थागत विकासका लागि गम्भिरतापूर्वक लागेको बताउनु भएको थियो । यूएईले मध्यपूर्वमै सबै भन्दा बढि पंजिकृत सदस्यहरु समेटन सफल भएकोमा शाहले खुसी व्यक्त गर्नु भयो । पूर्व मध्यपू्र्व संयोजक चन्द्र प्रसाद सापकोटा र सदस्य पि एस लिम्बुले पनि शुभकामना दिनु भएको थियो अतिथिहरुद्वारा महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै विगत २ वर्षमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको गरेको कार्यहरुको प्रशंशा साथ नयाँ नेतृत्वले राष्ट्रिय समन्वय परिषद यूएईको स्थान उच्च राख्न सफल हुने कुरा विश्वास व्यक्त गर्नुभयो ।त्यस्तै गरेर यूएईका विभिन्न सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य दिनुभएको थियो जसमा नेपाली संघका अध्यक्ष कृष्ण ढकाल, जनजाति महासंघ यूएईका अध्यक्ष गिरमान थापामगर, पत्रकार महासंघ यूएई साखाका अध्यक्ष शंकर ज्ञावाली, तमु समाज यूएईका अध्यक्ष राजु गुरुङ, जनप्रगतिशील मन्चका सल्लाहकार दुर्गा दत्त पोखरेल, मगर संघ यूएईका उपाध्यक्ष नुन प्रसाद सोमाइमगर रहनुभएको थियो । सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले विगतको समितिले गरेका कार्यहरुको सराहन गर्दै मध्यपूर्व र मलेशिया जस्ता राष्ट्रहरुमा रहेर निम्नस्थरमा काम गर्ने मजदुरहरुका समस्याहरुलाइ गैरआवासीय नेपाली संघले कसरी लिएको छ भन्ने जिज्ञासाहरु व्यक्त गरेका थिए ।

No comments:

Post a Comment