Total Pageviews

Wednesday, September 28, 2011

0

मेघा र सानिमा बैंकमा लफडा नै बढी

काठमाडौं । मेघा बैंक र सानिमा बिकास बैंक यतिबेला आन्तरिक किचलोमा फसेको छ । मेघा बैंकका सि।ई।ओ। अनिल शाहका कारण बैंक थप धरापमा पर्दै गएको छ भने सानिमा बिकास बैंकमा पनि सि।ई।ओ। कुमार लम्सालको असक्षमताले बैंकभित्र बबाल नै भएको छ । मेघाका शाहले आफु जुनसुकै बैंकमा जाँदा पनि गोठ नै बोकेर ब्यबस्थापनलाई खर्चिलो बनाउने गरेका छन । यतिबेला मेघा बैंकका तीन जना महाप्रबन्धकले काम भन्दा पनि तलब र सुविधामा बैंकलाई नोक्सानी पुर् याएका छन । महाप्रबन्धक रविना जोशी अनुपमा खुम्देली गोविन्द बहादुर गुरुङ्ग लगायतका कर्मचारीलाई रु। ७ लाख मासिक तलव र महङ्गो गाडी तेल सुविधा दिँदै बैंकलाई थला पारेका छन । उपलब्धि बिहीन कर्मचारी बोकी आफै समेत रु। १८ लाख सम्म तलव सुविधा भोग गर्ने शाह शेयरधनीलाई बार्षिक साधारण सभामा खाजामै सीमित तुल्याईदिएका छन । अब भने शेयरधनीले शाहको
लुटधन्दा टुलुटुलु हेरेर नबस्ने एक शेयरधनीले अभियान टाइम्सलाई बताएका छन । आफ्नो र गोठे टोलीको सेवालाई मुख्य ध्यान दिने शाहले यतिलाई महाप्रबन्धक रविना जोशीदेखि वाक्क समेत भएको समाचार स्रोतले बताएको छ । जोशी कार्यालय समयमा बढी बाहिरै हुन रुचाउने भएकाले शाहले कार्यालय समयमा खोज्दा समेत नभेटिएपछि उनी वाक्क भएका हुन । कार्यालय समयमा सम्बन्धित कामभन्दा ब्यक्तिगत काममा दौडिने शाह फेसन लगायतमा निकै सौखिन मानिने एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । शेयरधनीलाई खासै उपलब्धि दिन नसकेको मेघा बैंक काम गर्ने कर्मचारीभन्दा अनिल शाह निकटकालाई भने राम्रै तलव सुविधा प्रबन्ध गरेको जानकारीमा आएको छ । निकै ठूलो जोसको रुपमा उद्घाटन गरिएको मेघा बैंक मात्र अनिल शाह निकटकालाई फलिफाप भएको छ भने शेयर धनीहरको पुर्पुरोमा हात परेके छर्लङ्ग भईसकेको छ । स्टाण्डर्ड चार्टर बैंक होस् या नबील बैंकमा रहँदा होस ब्यक्तिगत स्वार्थमा रमाउने अनिल शाहलाई मेघा बैंकको नौटंकी भने नौलो होईन एक बैंकका सि।ई।ओ।लॆ नाम उल्लेख नगर्ने सर्तमा बताए । शाहले आफुमात्र नभई कमाउने टोली नै बोकेर हिँड्छन जतिसुकै चर्का कुरा गरेपनि बैंकलाई फस्टाउन दिँदैनन । आफु र आफ्नालाई मोज गराउन पाए शेयरधनीको कुनै मतलव नराख्ने उनको पुरानै स्वभाव रहेको बताए । यता ुकु वर्गका लागि दौडिएको सानिमा बिकास बैंकलाई नेपाल राष्ट्र बैंकले धोती लगाईदिएको छ । सि।ई।ओ।sुमार लम्साल सहायक महाप्रबन्धक तेज बहादुर चन्दका कारण बैंकको आन्तरिक अनुशासन खराब कर्जा तथा नातेदार र आसेपासेको ऋणको अनियमितता बढ्दो देखेपछि राष्ट्र बैंकले सानिमालाई ुकु वर्ग सम्बन्धि अगाडि बढाएको फाईल प्रकि्रयामा रोक मात्र लगाएन भैरहेको अबस्थालाई राम्रोसँग साचालन गर्न निर्देशन समेत गरेको समाचार स्रोतले बतायो । ुकु वर्गका लागि आवश्यक रकम रु। २ अर्ब जोहो गरेपनि बैंकको फितलो नीति देखेपछि राष्ट्र बैंक थप अन्योलमा परेको बुझिएको छ । कमर्शियल बैंक बन्नका लागि सानिमाले केही रकमका भरमा राष्ट्र बैंकलाई प्रभाव पार्न खोजेपनि आन्तरिक ब्यबस्थापन ऋण प्रवाह कमिशनका चक्कर प्रष्ट देखिएपछि सानिमा बैंकले ुकु वर्गको स्थान नपाउने भएको हो । बैंकलाई थप जोखिमतिर धकेलेका लम्साल र चन्दलाई समेत सानिमाका साचालकहरुले अवदेखि हरेक कामको नियालेर लेखाजोखा गर्नुपर्ने निर्णय निकालेको जानकारीमा आएको छ । यी दुबै ब्यक्तिकै असक्षमताले बैंकको गुडविल बिग्रदै गएको प्रष्ट भएपछि साचालकहरु शेयरधनी लगायत चनाखो बनेका हुन । एनआरएन समुहको ठूलो लगानी भएको यस बिकास बैंकमा लम्सालको लुटतन्त्र देख्दा एक एनआरएन साचालक सदस्यले लम्साल र चन्दलाई सम्पुर्ण खराब कर्जा र अनियमितताको भागिदार गराउने बताएका छन ।
किष्ट बैंकलाई चर्चा नै प्यारो
राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जान निर्देशन दिइरहेको अबस्थामा किष्ट बैंक भने इन्डियाको पाजाव नेशनल बैंकसँग सहकार्य गर्ने भनी आफ्नो बंैकको प्रचारलाई तिब्रता दिएको छ । भारतको पाजाव बैंकको पार्टनरसिपमा एभरेष्ट बैंकको बढ्दो आकर्षण देखेर किष्ट बैंकले पाजाब बैंकसँग सहकार्य हुने भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको बुझिएको छ । आन्तरिक रुपमा खस्कदो किष्ट बैंकको अबस्थालाई जुनसुकै रुपमा उठाउनुपर्ने भन्दै सि।ई।ओ। कमल ज्ञवाली पाजाव बैंकसँग सहकार्य गर्न दौडिएका छन ।

No comments:

Post a Comment