Total Pageviews

Friday, September 16, 2011

0

विश्वविद्यालय खेलकुदको नेतृत्वमा ओझा



विश्वविद्यालय खेलकुद संघ नेपालको अध्यक्षमा खगेन्द्रप्रसाद ओझा चार वर्षका लागि निर्विरोध चुनिएका छन् ।

नयाँ बानेश्वरमा शुक्रबार सम्पन्न संघको पहिलो साधारणसभाले ओझाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गर् यो ।

वरिष्ठ उपाध्यक्षमा प्रदीप जोशी टेकराज तथा उपाध्यक्षहरुमा डा। ज्ञानेन्द्र पौडेल डा। लालमणि पाण्डे डा। कन्हइयाँ झा सानु घले तथा विनय भट्टराई रहेका छन् । पूर्णिसंह बोहोराले महासचिव दीपक विष्टले सचिव तथा अजिता शर्माले कोषाध्यक्षको जिम्मेवारी पाए ।

उदयकिशोर तिवारी धर्मराज ओझा डा। ध्रुवप्रसाद गौचन विमला शर्मा तथा देवराज पनेरु सदस्यमा चयन भए ।

साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य देवकुमार लामाले उद्घाटन गर्नुभएको थियो । पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरेले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।



फिना स्विमिङ कोचेज क्लिनिकको उद्घाटन कार्यक्रम ः

मिति ः २०६८ साल भदौ ३१ गते शनिबार ।

समय ः अपरान्ह ५ः०० बजे ।

स्थान ः अन्तर्राष्ट्रिय खेलकुद परिसर पौडी पोखरी सातदोबाटो ।

No comments:

Post a Comment