Total Pageviews

Thursday, September 15, 2011

0

अनुसन्धान आयोगले राष्ट्रपति डा.रामवरण यादवसमक्ष बुझाएको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति डा.रामवरण यादवसमक्ष बुझाएको छ। आर्थिक वर्ष २०६७ र ०६८ मा देशको कुल वार्षिक बजेटको १ प्रतिशत भन्दा बढी अंश भ्रष्टचार भएको प्रमाणित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक गरेको बार्षिक प्रगति विवरणले यस्तो तथ्य देखाएको हो । गत आर्थिक वर्षको कुल बजेट तीन खर्ब ३५ अर्ब रुपैयाँ रहेकोमा सोही बर्ष ३९ करोड ६१ हजार रुपैयाँ भ्रष्टाचार भएको पुष्टी भईसकेको अख्तियारको प्रतिवेदनले देखाएको छ । विभिन्न ब्यक्तिहरुबाट उक्त रकम बराबरको विगो भराउन माग गर्दै अख्तियारले मुद्धा  समेत चलाएको छ ।
यस्तै आयोगमा आर्थिक वर्ष २०६७ र ०६८ मा परेका ६ हजार १ सय ४५ मुद्धा मध्ये तीन हजार ९ सय ४ वटा उजुरीको फर्छ्यौट गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । यसै वर्ष मात्र ६७ वटा मुद्धा बिशेष अदालतमा दर्ता गराएको जनाएको छ । अख्तियारले विशेष अदालतबाट भएका फैसललालाई आधार मान्दै दायर गरिएका मुद्धा मध्ये ६३ प्रतिशत सफलता प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यस्तै अख्तियारले गत आर्थिक वर्षमा मात्रै काठमाडौं लगायत देशभर ब्यक्तिले आफ्नो कब्जामा लिएका १७ सय रोपनी जग्गालाई फिर्ता गराउन सफल भएको बताएको छ । प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आयोगका सचिव भगवतीप्रसाद काफ्लेले भ्रष्टाचार नियन्त्रणका लागि जिल्ला स्तरमा मालपोत र भुमिसुधार कार्यालयहरुलाई निगरानीमा राख्नु पर्ने बताउनु भयो । उहाँले सुडान प्रकरणमा राजनीतिक नेतृत्वलाई प्रमाण नपुगेका कारण मुद्धा नचलाइएको जिकीर गर्नुभयो

No comments:

Post a Comment