Total Pageviews

Saturday, September 24, 2011

0

१४ जना भारतीय, २ नेपाली सहित विमान दुर्घटना

माउन्टेन फ्लाइटबाट र्फकदै गरेको बुद्ध एयरको विच एयरक्राफ्ट विमान ललितपुरको विशंखुनारायण गाविसस्थित लामाटार कोटडाँडामा आज बिहान सवा ७ बजे दुर्घटनाग्रस्त भएको छ ।
विमानमा १४ जना भारतीय, २ नेपाली र क्याप्टेन केबी ताम्राकारसहित तीनजना चालक दलका सदस्य सहित १९ जना सवार रहेको बताइएपनि यात्रुको विस्तृत विवरण आउन सकेको छैन । चालक दलका सदस्यमा ताम्राकारसहित को-पाइलट प्रभा अधिकारी र एयर होस्टेस अस्मिता श्रेष्ठ रहेको बताइएको छ ।
ठूलो आवाजका साथ विमान जमिनमा झरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय कुमार श्रेष्ठले विमान खस्नुअघि आकाशमै आलगागी भएको बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका एक नेपालीलाई जिवीतै उद्धार गरी उपचारमा पठाइएको छ । घाइतेको परिचय खुल्न सकेको छैन । बाँकी सवै १८ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । पोखरेलका अनुसार विमान टुक्राटुक्रा भएको छ भने मृतकको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । स्थानीयबासी र प्रहरीको टोलीले अहिले घटनास्थल पुगेर मृतकको शव संकलन गरिरहेको छ । उद्धारका लागि सैनिक हेलिकोप्टर गए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको छ ।

No comments:

Post a Comment