-सुरज गिरी
नेपालको उन्नती प्रगतीको ठोस कदम केही नभएको भए पनि एउटा उन्नती भने हामीले मान्नै पर्नेहुन्छ । संविधान बन्ला नबन्ला यो त पक्का छैन । नेपालका जनताले सरकारले ल्याउने नीति नियम भित्र रहेर आफ्नो स्वच्छ व्यापार र उद्योग चलाउन पाउलान् या नपाउलान् । तर यती चाही उन्नती भयो कि हात्तीको पुच्छर चाही लगाउन पाइदैन । कसैले हात्तीको पुच्छर लगाएको भेटिएमा नेपालको नियम कानुन वमोजीम वन मन्त्रालयबाट उर्दि गरिएको भनाइनुसार ५० हजारदेखि १ लाखसम्मको नगद सजायँ र ५ वर्षदेखी माथीको कैद सजायँ पनि हुनसक्ने गरी रोक लगाइएको छ । यसबाट वन्यजन्तुको चोरी पैठारीमा नियन्त्रण पनि हुनसक्ने कुरालाई यथार्थवादीहरुले दोहोर् याएकै छन् ।
तर रोकिएको खै त वन्यजन्तुको चेारी निकासी वन जंगलबाट खै त खै वन जंगलका बन्य जन्तुहरु निर्भए भएर बाँच्न पाएका खै सर्वसाधारणले हात्तीको पुच्छर लगाएमा भाग्योवृद्धि हुने आशमा आफ्नो हातमा झुण्ड्याएर हिडेको हात्तीको पुच्छर आज शक्तिशाली सिद्ध भएको छ । यो पुच्छर हात्तीबाट सुनपसलसम्म कहाँबाट आयो भन्ने कुरालाई छानविन गर्नुभन्दा सर्वसाधारणले हातमा लगाएको सुनको बालासंग मिसाएर बुनिएको हात्तीको पुच्छर भेटेमा यति ठूलो कानुनी सजायँ । सुन पसलहरुमा गएर खान तलासी गर्नेहो भने किलो का किलो पुच्छरहरु भेटिएलान् । सर्वसाधारणले लगाएको ३ ग्राम हात्तीको पुच्छर वापत यति ठूलो सजायँ छ भने किलो-किलो राखेर व्यापार गर्ने व्यापारीहरुको सजायँ त उनीहरुको उमेर र सम्पत्तीले पनि नभेट्ने भयो नी महोदय कानुनविद् ज्यू ।
हो नेपाल सरकारले ल्याएको यो नयाँ अनी नौलो कानुन अहिले पत्रपत्रिकाबाट पनि प्रचार प्रसार भैरहेको छ । यसबाट हामीलाई खुशी त लागेको छ तर खुल्दुली पनि उत्तिकै छ । सर्वसाधारणलाई मात्रै कानुन बनाएर व्यापारीलाई छुट दिइने यो कानुनलाई के भन्ने त जंगलबाट चोरी पैठारी गर्ने देशद्रोहीलाई छुट दिने कानुनलाई के भन्ने त मन्त्रिदेखी सन्त्रिसम्मको मिलीभगतमा हुने यस्ता कु-कार्यहरुको सजायँ हामी सकि र नसकि सम्पत्ती जोडि हातमा लगाएर िहंड्ने जनतामाथी लादेर सरकारले के को ठुल्याँइ देखाउन खोजीरहेको छ अब के गर्ने हात्तीको पुच्छरको लोभमा ५० हजार तोलाको सुन किनेर लगाउने सर्वसाधारणले त्यसलाई के गर्ने फ्याँकौं भने ३००० देखी बढी रकम हात्तीको पुच्छरलाई तिरेका छौं । त्यसैको कारण यता ५० हजार तोलाको सुन व्यार्थै हुने भो । कि त हामी जनताको हातमा आइसकेको यो हात्तीको पुच्छरलाई लगाउन छुट दिइ माथी रहेका ठग र तल विक्री वितरण गर्ने व्यापारीबाट यसको रोकथाप सुरु गरिनु पर् यो होइन भने हाम्रो हातमा लगाउने हात्तीको पुच्छर मिसीएको सुनको वालालाई फिर्ता गरी उक्त खरिद गर्दाको मूल्य फर्काइनु पर् यो र मात्रै सर्वसाधारण जनतालाई नेपाल सरकारले बनाएको यो नीतिमाथी विश्वास गर्न सक्छन् ।
गरिब र निमुखाको लागी मात्रै छ नेपालको कानुन भन्ने भनाइलाई फेरी यो सरकारले यथार्थमा सत्य बनाएको छ । कुनै पनि सर्वसाधारणले हातमा बन्दुक बोकेर जंगल पसी हात्तीलाई बेहोस वा मारेर यो जघन्य अपराध गरी थुतेर ल्याएको पुच्छर होइन । अनी त उनीहरुले सुनको काम गरेर त्यसमा मिसाएर आफैंले बनाएर हातमा लगाएनन् होला । आयो कहाँबाट किन अहिले सबैको हातमा पुगेपछि यो कानुन बन्यो के अब हात्तीको पुच्छरको स्टक गोदाम रित्तीएकै हो त के अब चोरी पैठारी गर्नेहरुले हात्तीको पुच्छर पाउनै छाडे त के अब नेपालका हात्तीको पुच्छर नाङ्गै भएरै हो त बजारमा आउनु पर्ने सबै आइसकेकोले अब ती भरौटेहरुले पैसा कमाउने ठाउँ नै नरहेको भएर हो त
सबै कुराहरुलाई विचार गर्न योग्य छन् । आखिर यो कानुन बन्नुमा सरकारको ठूलो गल्ती नै भन्न चाही मिल्दैन तर जनताको पैसा कस्ले फिर्ता गर्ने त अब पैसा कमाउने जति कमाइ सकेर सर्वसाधारणले लगाएको हात्तीको पुच्छरमा कानुन बनाएर फेरी अर्को आम्दानीको श्रोत बटुलेको हो भन्न पनि किन डराउनु र पैला बेचेर कमायो अब हात समातेर कमायो यस्तो विजनेसको कुरा हामी सोझा जनताले कहाँ बुझ्न सक्छौं र देशमा शान्ति वहाल हुन सकेको छैन । गरिब निमुखाले अझै पनि हातमुख जोर्न सकेका छैनन् । संविधान विनाको देशमा कुनै कानुन छैन । सरकारको पनि भर छैन । बस अहिलेको नेपालको कानुन हात्तीको पुच्छरमा झुण्डिएर कहिले मेरो घर कहिले सेतेको घर कहिले कमलेको घर त कहिले सुन्तलीको भट्टीमा धाइरहेको छ । यो हात्तीको पुच्छरमा झुण्डिएको कानुन अब जनताको हात पाखुरामा भन्दा पनि व्यापारी र वन जंगलतिर पुगोस् मेरो यही कामना छ ।
सुरज गिरी

No comments:
Post a Comment