Total Pageviews

Monday, September 19, 2011

0

दाहाल भारत र धर्म विरोधी नभएको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भारत र धर्म विरोधी नभएको वताउनुभएको छ ।  रिपोटर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता जोलीले आफूसँगको भेटमा प्रचण्डले नै आफु भारत र धर्म विरोधी नभएको वताए/  नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा नेपाली जनताले अपेक्षा गरे अनुसार प्रगति भएपछि भारतको भ्रमण गर्ने समेत प्रचण्डले इच्छा गरेको जोलीले बताउनुभयो।शान्तिपूर्ण नेपाल भारतीय राजनीतिक दल र जनताको चाहना भएको उहाँले जोलीले उल्लेख गर्नुभयो । १२ बुँदे सहमतिबाट सुरु भएको नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुगेको हेर्न चाहेको नेता जोलीले बताउनुभयो । उहाँले नेपालका राजनीतिक दलहरुलाई शान्ति स्थीरता र विकासको पक्षमा कटिबद्ध भएर उभिन समेत सुझाव दिनुभयो ।
नेपालमा कस्तो सरकार बन्ने भन्ने कुरा नेपाली जनता र राजनीतिक दलहरुले निर्णय गर्नु पर्ने भन्दै भारतले नेपालको विकासमा सहयोग बाहेक कुनै पनि हस्तक्षेप नगर्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालसँग भारतको परम्परागत सम्बन्ध भएको कारण नेपालमा केही हुँदा भारतीय जनताको मन दुख्नु स्वभाविक भएको भन्दै भारतमा रहेका २५ लाख नेपाली मुलका नागरिक भारतकोलागी गर्वको विषय भएको दावी गर्नुभयो ।
नयाँ संविधान जारी भएपछि नेपालमा जारी संक्रमणकालको अन्त्य भई स्थीरता सँगै विकास हुने भन्दै चीन र भारतको प्रगतिलाई आत्मसाथ गर्दै अगाडि बढे नेपालमा विकासको प्रचुर सम्भावना रहेको उहाँले बताउनुभयो। उहाँले नेपालको सरकार सहमतिका साथ नेपाली जनताको अपेक्षामा खरो उत्रन सक्ने विश्वास समेत साक्षात्कारमा ब्यक्त गर्नुभयो ।

No comments:

Post a Comment