Total Pageviews

Sunday, September 18, 2011

0

जेम्स र पृथ्वीलाई सफलता

जेम्स र पृथ्वीले १८ औं आयसर-ज्ञान कर्निभलको गल्स्र बास्केटबलमा आइतबार सफल सुरुआत गरेका छन् ।
ज्ञानोदय बाल वाटिका उमाविद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेम्सले मल्पीमाथि ३०-८ को सहज जित दर्ता गर् यो । विजेताकी प्रकृति राईले १६ अंक जोडिन् ।जेम्सले चारै क्वाटरमा अग्रता लियो । जेम्सले क्रमशः ७-० ९-२ ६-४ र ८-२ को प्रदर्शन गर् यो ।खोकनास्थित ज्ञानोदय इन्टरनेसलन रेसिडे_िन्सयल स्कुलको कोर्टमा भएको अर्को खेलमा पृथ्वीले आयोजक ज्ञानोदयलाई ३०-२२ ले निराश पार् यो । पृथ्वीको जितमा सकुन्तला तामाङले ११ अंक योगदान दिइन् ।पहिलो क्वाटरमा ९-७ को अग्रता लिएको पृथ्वी दोश्रोमा ६-१ ले अगाडि रह्यो । तेश्रो क्वाटरको खेलमा फर्केको ज्ञानोदयले ९-३ अंक खेललाई १७-१८ को स्थितिमा पुर् यायो । चौथो क्वाटर पृथ्वीले १२-५ ले कब्जा गर्दै जित सुनिश्चित गर् यो ।ब्वाइजको बास्केटबलमा मल्पीले रातो बंगला तथा ज्ञानोदयले बुढानीलकण्ठबाट वाक ओभर पाए ।प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य-सचिव युवराज लामाले उद्घाटन गर्नुभएको थियो ।प्रतियोगितामा ब्वाइज र गल्स्रमा समान १२-१२ टिम सहभागी छन् । प्रतियोगिता असोज ९ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment