Total Pageviews

Friday, September 16, 2011

0

बिश्व सम्पदा क्षेत्रमा खेत हेर्ने अबसर


रविन राचलिका हरीत समूह भक्तपुर
बिश्व सम्पदा क्षेत्रमा पर्ने एउटा खेतमा भक्तपुरका एक किसानले नगदे बाली लगाएका छन् । भक्तपुर ब्याँसीका बृद्ध कृषक रत्नकुमार कोजूले बिश्व सम्पदा सूचीमा परेको भक्तपुर दरवार क्षेत्रमा तरकारी खेती गर्ने गरेका हुन । उक्त खेतको गरामा पर्यटकीय स्थलहरुको नक्शा समेत राखिएको छ । नक्शासंगै युनेक्कोले सम्पदा क्षेत्र घोषणा गरी राखिएको सिलापत्र समेत छ । काठमाण्डौं उपत्यकामा रहेका सम्पदाहरुको अबलोकन भ्रमण गराउने किशोर आचार्यका अनुसार यो खेत सम्पदा क्षेत्र भित्र पर्ने एउटै मात्र हो । उपत्यकामा रहेका पशुपति बौद्धनाथ स्वयम्भु पाटन दरवार चुगु र बसन्तपुर दरवार क्षेत्रमा भने कुनै खेती हुने गरेको छैन । आचार्यले भक्तपुर दरवारको खेत कृषकहरुको सहर भक्तपुरमा आउने देशीबिदेशी पर्यटकहरुलाई नमुना खेतको रुपमा चित्रण गरी पर्यटकीय आर्कशण हुन सक्ने बताए । सो खेतमा कोजूले कुखुरा समेत पालेका छन् । कुकुरको समेत ब्यबसाय गर्ने कोजू परिवारलाई सम्पदा क्षेत्रका मानिसहरुले वास्ता नगरेको अबस्था छ । सम्पदा स्थालको संरक्षणको लागि कोजूका कुकुरलाई तालिम दिएमा मुर्तिको तस्करी रोक्न सकिने देखिन्छ । औधोगिक मुलुकका मानिसहरुको लागि खेतीपाती हुने स्थल नौलो हुने भएकोले सरकारले उक्त खेतलाई नयाँ पर्यटकीय स्थल घोषणा गर्न आबश्यक देखिएको हो ।


No comments:

Post a Comment