Total Pageviews

Thursday, September 15, 2011

0

पर्यटन बर्ष २०११ लाई सफल बनाउनका लागि नेवार समुदायले वृहत कार्यक्रम

शनिबार नेवा साँस्कृतिक कार्यक्रम हुने ।
काठमाडौं । पर्यटन बर्ष २०११ लाई सफल बनाउनका लागि नेवार समुदायले वृहत कार्यक्रम गर्न लागेको छ । पर्यटन बर्ष २०११ लाई विकाससंगै प्रर्वदन गर्ने उद्देश्यले उपत्यका बासी नेवा समुदायले आउँदो ७ गते शनिबार साँस्कृतिक कार्यक्रम गर्ने भएकाहुन् । साँस्कृतिक कार्यक्रममा नेवार समुदायका नाच गाँन संस्कृति झल्किने कार्यक्रम हुने भएको छ भने नेवारी भोजको समेत स्वाद दिलाउने उद्देश्यले कार्यक्रम आयोजना हुने भएको आयोजक कमिटिका एक सदस्यले बताए । यो कार्यक्रम असोज ७ गते शनिबार दिउँसो ३ः०० बजे देखि साँझ ७ः०० बजे सम्म काठमाडौंको मुटु हनुमान ढोकामा हुने भएको छ । साँस्कृतिक कार्यक्रममा प्रबेश शुल्क रु।६००÷- राखिएको छ भने प्रबेसका लागि सबै जात जाति समुदायलाई आवहान पनि गरेको आयोजकले बताएको छ ।यस नेवा टिपिकल कल्चर सो ले समग्र नेवार समुदायको साँस्कृतिक झल्काउने र परम्पराका बारेमा जानकारी गराउने उद्देश्यका साथमा पर्यटनलाई समेत टेवा पुग्ने बुझिएको छ । उद्घाटन कार्यक्रममा विशिष्ट व्यक्तिहरुको समुपस्थित हुने छ भने विभिन्न झाँकीहरु प्रर्दशन हुनेछ ।

No comments:

Post a Comment