Total Pageviews

Thursday, September 15, 2011

0

पौडीको कोचेज क्लिनिक हुने

काठमाडौं / अन्तर्राष्ट्रिय पौडी महासंघ फिना को प्राविधिक सहयोगमा नेपाल पौडी संघको आयोजनामा फिना स्विमिङ कोचेज क्लिनिक असोज १ गतेदेखि हुने भएको छ ।पाँचदिने क्लिनिक सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा हुनेछ ।क्लिनिकमा विभिन्न जिल्ला स्कुल र उपत्यकामा रहेका विभिन्न पौडी पोखरीमा कार्यरत ४३ पुरुष र ५ महिलासहित ४८ जनाको सहभागिता रहने छ ।
क्लिनिक फिना प्रशिक्षक भारतका प्रदीप कुमारले साचालन गर्नेछन् । स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्लिनिक साचालन गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।



नेपाल जोर्खाने खेलकुद संघको साधारणसभाको उद्घाटन कार्यक्रम ः

मिति ः २०६८ साल भदौ ३० गते शुक्रबार ।

समय ः बिहान ८ः०० बजे ।

स्थान ः एडु-केयर ट्युसन सेन्टर चावहिल ।

No comments:

Post a Comment