Total Pageviews

Saturday, September 17, 2011

0

साँचो बुझाउन चार वर्ष लाग्छ भने उनीहरूका हतियार बुझाउन कति समय लाग्ने हो देउवाको प्रश्न

काठमाडौं / नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी लडाकु रहेका शिविरका कन्टेनरको साँचो बुझाउन चार वर्ष लाग्छ भने उनीहरूका हतियार बुझाउन कति समय लाग्ने हो भन्ने प्रश्न गर्नुभएको छ । “साँचो पनि आफ्नै सरकारलाई हैन विशेष समितिलाई बुझाए, साँचो बुझाउन चार वर्ष लागेको माओवादीलाई हतियार बुझाउन कति वर्ष लाग्ला ?” नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेता देउवाले भन्नुभयो ।हतियार नबुझाए शान्ति हुँदैन भन्दै नेता देउवाले काँग्रेस शान्ति प्रक्रिया पूरा गरेर संविधान निर्माण गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो ।शान्ति प्रक्रिया पूरा नभई, हतियार र लडाकुको व्यवस्थापन नभई भएको संविधानसभाको चुनावको परिणाम र हालत हामी सबैले विगतमा देखेका–भोगेका हौं भन्दै अब पनि हतियार र लडाकु व्यवस्थापन नभई संविधान बने पुरानै हालत दोहोरिने नेता देउवाले बताउनुभयो ।“काँग्रेसको प्राथमिकता शान्ति र संविधान नै हो, यसमा काँग्रेसले अर्घेल्याई गर्दैन,” नेता देउवाको भनाइ थियो ।

नेका महामन्त्री प्रकाशमान सिंहले पार्टीमा चुनिएर आएका नेतृत्वलाई एक कार्यकाल काम गर्न दिनुपर्ने बताउँदै त्यसमा बाधा भए पार्टी अघि बढ्न नसक्ने बताउनुभयो । पार्टीमा लोकतान्त्रिक संस्कार, मूल्य र मान्यता स्थापित गर्नुपर्छ, चुनावबाट आएको नेतृत्वलाई एक कार्यकाल काम गर्न दिनुपर्छ,” महामन्त्री सिंहले भन्नुभयो । उहाँले पार्टीका विभिन्न निकायमा चुनावमा पराजित भएकालाई जितेकाले पनि समेटेर लैजानुपर्ने धारणा राख्नुभयो ।


No comments:

Post a Comment