Total Pageviews

Saturday, September 24, 2011

0

फिछलग्गुलाई संगठनको नेतृत्व दिने गंभिर षड्यन्त्र खड्का

कांग्रेस नेता खुमवहादुर खड्काले पार्टीका भातृसंगठन विघटन गर्ने सभापति सुशिल कोईरालाको निर्णय आफ्ना फिछलग्गुलाई संगठनको नेतृत्व दिने गंभिर षड्यन्त्र भएको वताएका छन् । पार्टी भित्रका मध्यमार्गी नेताको प्रस्तावलाई लत्याएर सभापतिले कार्यकर्ता विच भावनात्मक फुट र पार्टी संगठनलाई धरासायी वनाएको टिप्पणी गरे  / काठमाण्डौमा एक कार्यक्रम पछि संचारकर्मीसंग वोल्दै नेता खड्काले सभापतिले पार्टीलाई संयोजन गर्नुको साटो भावनात्मक फुटको अवस्थामा लैजानु पार्टीका लागि घातक हुने वताए । उनले आफ्ना मान्छे रहेको किसान संघको कार्यकाल थप गर्ने तर अन्य पक्षका सभापति रहेका भातृसंगठन विधटन गर्ने व्यवहार सह्य नहुने वताए । सभापति कोईरालाले नेता शेरवहादुर देउवालाई पेलेर लैजाने रणनीति अंगिकार गरेको भन्दै यसले सभापतिको कार्य क्षमतामा गंभिर प्रश्न उठाएको वताए । सभापति कोईरालाले पार्टीभित्रै कुनै एक गुटको मात्र कुरा सुन्ने प्रवृत्तिले पार्टी संगठन निर्माणमा गंभिर असर परेको खड्काको भनाई थियो ।

No comments:

Post a Comment