Total Pageviews

Monday, September 19, 2011

0

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर एघार

राजधानी लगायत मुलुकभरी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर एघार पुगेको छ । भूकम्पका कारण भक्तपुर सुनसरी, बारा, झापा र धनकुटामा थप चार जनाको मृत्यु भएको छ । भक्तपुर गठठ्घरकी ६५ बर्षीया लिला पौडेलको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । त्यसै गरेर धनकुटाको फलाँटे-५ मा पनि ४० बर्षीया मधु कार्कीको मुत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण घर भत्कीदा घाईते पौडेल र
कार्कीको उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै सुनसरी हरिपुर गाविसकी सावित्रीदेवी मण्डलको भुइाचालोले घर भत्कादा मुत्यु भएको प्रहरीले पुष्टि गरेको छ । त्यस्तै भुकम्पका कारण बारामा एक जना युवकको मृत्यु भएको छ । भगवानपुर ५ निवासी भोला पासवानका ३४ वर्षिय छोरा जयसीलाल पासवानको मृत्यु भएको हो ।  भुकम्पको धक्का महसुस भएपछि अर्ध बेहोस भएर बिरामी परेका पासवानको गएराति ११ बजे घरमै मृत्यु भए त्यस्तै झापाको मेचीनगर नगरपालिका-१० काँकडभिट्टाकी एक बालिकाको गएराति भूकम्पले तर्सेर मृत्यु भएको छ । मेचीनगर-१० भानुटोल निवासी कृष्णप्रसाद घिमिरेकी पाँच वर्षीया छोरी आयुषाको मृत्यु भएको प्रहरीले जनाएको छ । आमा रेनुको काखमा बसिरहेकी आयुषा भूकम्पका कारण तर्सिएर बेहोस भएकी थिइन् । बेहोस घिमिरेलाई स्थानीय मनिषा मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ
यस अघि हिजो बेलुका आएको भूकम्पमा परेर काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किदा पुरिएर गोरखाका साजन श्रेष्ठ, अनिशा श्रेष्ठ र सिन्धुलीका वीरबहादुर माझीको मृत्यु भईसकेको थियो । त्यसै गरेर सुनसरीको धरानमा घरले च्याप्पिएर ओखलढुङगाका सन्तोष परियार र विमला परियार तथा संखुवासभामा प्रदीप राईको मृत्यु भएको छ ।
भूकम्पका कारण पहिरो खसेर सडक अबरुद्ध हुँदा धरान–धनकुटा राजमार्गको भेडेटार–माबासे सडक अबरुद्ध भएको छ । संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लामा घरहरुमा क्षति पुगेको छ ।
भारतको सिक्किम र नेपालको ताप्लेजुङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई हिजो बेलुका साढे ६ बजे ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण ५ दर्जन बढि घाईते भएका छन् । उता भारतमा भने १३ जनाले ज्यान गुमाईसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यस्तै भुकम्पले राजधानीमा मात्रै दुईसय भन्दा बढी घाईते भएका छन् । पूर्वतयारी अवस्थामा नरहे पनि वीर, शिक्षण, पाटन र भक्तपुर अस्पतालले आकस्मिक कक्षका सबै शैयाका अतिरिक्त भूईंमा राखेर बिरामीको उपचार गरेका थिए । वीर अस्पतालका आकस्मिक विभाग प्रमुख डा डिपी सिंहले दिएको जनकारीअनुसार वीर अस्पतालको आकस्मिक कक्षमा आइतबार करिब ८० जना घाइते उपचारका लागि आएका थिए ।
आकस्मिक कक्षमा हाल ४२ शैया राखिएका छन् । ती शैया नपुगेर भूईंमा नै घाइतेको उपचार भएको थियो । तीमध्ये अधिकांश घर फर्किसकेका र केही जाने क्रममा रहेको अस्पतालले जानकारी दिएको छ । तीमध्ये अधिकांश भूईंचालो आएपछि आत्तिएर भागदौड गर्ने, घरका कौसीलगायतबाट आत्तिएर हाम फाल्ने क्रममा हातखुट्टा भाँच्चिएर उपचारमा आएका थिए ।
त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा करिब ६० जना घाइते उपचारका लागि पुगेका थिए । उपचारका लागि आउनेहरु घरका कौसीमा राखेका गमला खसेर लागेको चोट एवम् खुल्ला ठाउँमा आउँदा भागदौड हुने क्रममा चोट लागेर उपचार गर्न आएका थिए ।
शिक्षण अस्पतालमा आइतबार मात्रै थप सुविधासम्पन्न आकस्मिक भवन शुभारम्भ भएको थियो । आइतबार आकस्मिक कक्षमा रहनुभएका डा संयोग आचार्यले दिएको जानकारीअनुसार अधिकांश मानिसमा ठूलो भय र त्रास देखिन्थ्यो ।
यसैगरी पाटन अस्पतालका अनुसार अस्पतालमा आइतबार करिब ५० जना उपचारका लागि आएका थिए । सडक र खुल्ला ठाउँमा आउने क्रममा बालबालिका चेपिएर घाइते भएका थिए ।
दैवीप्रकोप व्यवस्थापन महाशाखाले दिएको हालसम्मको जानकारीअनुसार भूकम्पका कारण देशभर करिब एक हजार ५०० घाइते भएका र सात जनाको मृत्यु भएको छ ।

No comments:

Post a Comment