Total Pageviews

Monday, September 19, 2011

0

शान्ति प्रक्रिया कार्यान्वयन र संविधान लेखनमा काँग्रेस सहयोग गर्न तयार देउवा

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति प्रक्रिया कार्यान्वयन र संविधान लेखनमा काँग्रेस सहयोग गर्न तयार रहेको तर त्यसका लागि पहिले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री किरण पौडेलले लेख्नुभएको किन बन्ने काँग्रेस कृतिको आज राजधानीमा विमोचन गर्दै नेता देउवाले माओवादी लडाकु र हतियार व्यवस्थापन नगरी संविधान लेखनको काम अघि बढ्न नसक्ने बताउनुभयो । माओवादीले हतियार र लडाकु व्यवस्थापन गर्छन्भन्ने विश्वास लाग्या छैन, त्यो काम सम्पन्न गरे शान्ति र संविधान लेखनका काममा काँग्रेस
सहयोग गर्न तयार छ, नेता देउवाले भन्नुभयो ।
उहाँले डर, त्रासबिहीन समाजमा मात्र प्रजातन्त्र फस्टाउने बताउँदै प्रजातान्त्रिक वातावरणमा मात्र समाजवाद फस्टाउन सक्दछ भन्नुभयो । केन्द्रीय सदस्य प्रदीप गिरीले गिरिजाप्रसाद जस्तो आँटिलो, गणेशमान जस्तो त्यागी र कृष्णप्रसाद भट्टराई जस्तो सरल व्यवहार काँग्रेस बन्ने आधार हो भन्नुभयो ।
गणेशमान सिंहको १५ औँ स्मृति दिवसका अवसरमा इन्टरनेसनल सोसलिष्ट एजुकेसनद्वारा आयोजित सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु रत्ना शेरचन, किशोरसिंह राठौर, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललगायतले प्रजातन्त्रवादी बन्न प्रजातान्त्रिक सिद्धान्तमात्र होइन प्रजातान्त्रिक चरित्र पनि आवश्यक छ भन्नुभयो ।

No comments:

Post a Comment