Total Pageviews

Saturday, September 17, 2011

0

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ ः

-
मोरङ
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको एपीएफ टोलीले गएराति ८० वटा नाइट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
बिराटनगर उपमहानगरपालिकाको भट्टीमोड भन्ने स्थानबाट एपीएफ टोलीले हिजोराती जाँच गर्ने क्रममा सुनसरीको हाँसपोसा ८ बस्ने प्रकाश चौधरीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको थियो । एपीएफ टोलीले उनलाई बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोटरपार्टस बरामद ः-
इलाम
भन्सार छली ल्याइएको करीव एक लाख पन्ध्र हजार रुपैयाँ बराबरको मोटरपार्टस इलाम जिल्लाको इलाम नगरपालिका २ जिरोप्वाइन्टबाट एपीएफ टोलीले गएराति बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल श्रीअन्तु गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कल्याण खड्काको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले चोरीपैठारीको उक्त सामान बरामद गरेको हो ।
बरामद मोटरपार्टस एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
हिजोराती त्यसठाउँमा एपीएफ टोलीले जाँच गर्ने क्रममा चोरीपैठारीको उक्त मोटरपार्टस फेला पारेको थियॊ ।

No comments:

Post a Comment