Total Pageviews

Friday, September 16, 2011

0

विद्युत चोरी गर्ने ३४ जना एपीएफ टोलीद्वारा पक्राउ ः-

नवलपरासी / नवलपरासी जिल्लाको विभिन्न गाविस गरी विद्युत चोरी गर्ने कार्यमा संलग्न ३४ जनालाई सशस्त्र प्रहरी बलको टोली र विद्युत प्राधिकरणको कर्मचारीले हिजोसाँझ पक्राउ गरेका छ ।
विद्युत लाइन चोरी गरी उपयोग गरिरहेको अवस्थामा उनीहरुलाई त्यसठाउँबाट पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोष्ट नवलपरासीबाट खटिएको एपीएफ टोली र स्थानीय विद्युत प्राधिकरणका कर्मचारीहरुले ती व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहीरमा बुझाइएको छ । यसअघि बुधबार नवलपरासीकै विभिन्न स्थानमा विद्युत चोरी गर्ने २० जनालाई सो टोलीले पक्राउ गरेको थियो ।

भीआइपी सुरक्षा तालिमको समापन ः-
काठमाडौं
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान ककनीमा संचालित सि।सं। १८ विशिष्ट व्यक्ति सुरक्षा तालिमको आज सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल वस्नेतले समापन गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक वस्नेतले त्यसअवसरमा नागरिकको जीउधनको सुरक्षार्थ अहोरात्र परिचालित सशस्त्र प्रहरी बलले विशिष्ट व्यक्तिको सुरक्षामा समेत खटिएर उत्कृष्ट कार्य गरिरहेको बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बललाई प्राप्त म्याण्डेट मध्ये विशिष्ट व्यक्तिको सुरक्षा अत्यन्तै संवेदनशील एवं महत्वपूर्ण जिम्मेवारीको रुपमा रहेको उल्लेख गर्नुहुँदै प्राप्त दायित्वलाई त्रुटिरहित ढंगबाट सम्पन्न गर्न तालिममा सिकेको ज्ञानसिप र आफ्नो क्षमताले भ्याएसम्म लागिपरिरहन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक नगेन्द्र थापाले जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा प्रस्तुत हुन प्रशिक्षार्थीहरु स्वयं कि्रयाशील रहिरहनु पर्ने बताउनुभयो ।
तालिमका प्रमुख शिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक अशोककुमार बमले त्यसअवसरमा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
६ हप्ता अवधिको उक्त तालिममा एपीएफ अधिकृत बिल्लादार तथा जवान गरी कूल ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई भीआइपी भीआइपीस्थल कार्यक्रम तथा समारोहस्थलको सुरक्षा लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून संचार एवं सवारी सुरक्षा सम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण दिइएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।

No comments:

Post a Comment