Total Pageviews

Saturday, September 24, 2011

0

दशै िहंसा रहित मनाउन वलीप्रथा अत्य गनुैपर्ने


पोखरा६ असोज । पोखरामा आयोजीत एक कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालीहरुको महान् चाड विजया दशमी िहंसा विना संभव भएको निष्कर्ष निकाल्दै दशैमा मठ मन्दीरमा दिइने वलीप्रथा अत्य गर्नुपर्ने आवश्यकता औलाएका छन् ।
मानव विकास मंच नेपाल र मानव मिलन नारि जागरण नेपालको संयुक्त आयोजनामा शुक्रवार सम्पन्न िहंसा विना संभव छ दशै विषयक अन्तरकि्रया कार्यक्रममा वोल्ने वक्ताहरुले उक्त कुरामा वताएका हुन् ।
कार्यक्रममा व्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद अधिकारीले दशैको महत्व दशैको सुरुवात र इतीहास वारे प्रकास पार्दै दशैलाई िहंसा रहित तरिकाले मनाउन आग्रह गरे । साथै उनले वलीप्रथा र िहंसा गर्ने वारे कुनैपनि शास्त्रमा नलेखिएको वताउदै दशैमा देवीका नाँउमा चढाइने पशु वलीलाई अत्य गर्नुपर्ने आवश्यकता औलाए ।
त्यस्तै परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले वलिप्रथा अत्यका लागि कास्कीवाट पहल गर्न सम्पुर्ण कस्केलीहरु अग्रसर हुनुपर्ने वताए ।उनले मठ मन्दीरहरुमा देवताका नाँउमा िहंसा नगर्न आग्रह गर्दै यदी मन्दिरमा वली रोक्दा देवीले डण्ड दिन्छीन् भने त्यो सम्पुर्ण दण्ड आफ्नो काधमा भोग्न तयार रहेको समेत वताए ।
त्यस्तैगरी नेपाल लामा संघका महासचिव लामा मिन गुरुले वौद्ध धर्मालम्वीहरुले दशैलाई अहींसाको प्रतिकका रुपमा मान्ने गरेको वताउदै शान्तिका अग्रदुत गौतव बुद्ध जन्मीएको देशमा वलीप्रथा अत्यगर्न आवश्यक रहेको औलाए । त्यस्तै मानव अधिकारकर्मी माधव पहारीले पशुको पनि संसारमा मान्छे जस्तै वाच्न पाउने अधिकार भएका कारण हींसा अत्यगर्नेपर्ने आवश्यकता औलाए ।उनले अध्यात्म र प्रेम विना वलीप्रथा अत्य नहुने जिकीर समेत गरे ।
कार्यक्रममा व्रह्म कुमारी इश्वरीय विश्वविद्यालय विरौटा शाखाका व्रह्मकुमारी अप्सरा दिदी स्वामी नारायण मन्दिर धर्मशालाका संरक्षक स्वामी श्रिजी प्रसाद दास आनन्दमार्गका भुक्तीप्रधान विष्णु प्रसाद वराल शान्तिका लागि नागरिक समाज संजाल कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगर लगायतका वक्ताहरुले धर्मशास्त्रहरुमा िहंसालाई स्थान नदीएपनी पंण्डीत तथा पुरोहीतहरुले अपव्याख्या धर्मलाई विगारेको वताउदै सवै मिलेर उक्त प्रथाको अत्य गर्नुेपर्ने आवश्यकता औलाए ।
कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै मानव विकास मंच नेपालका अध्यक्ष सुष्मा पौडेलले धर्म शास्त्रका नाउँमा हुने अध्वविश्वास कुरीती कुसंस्कारको अत्य गरी नयाँ सुशव्य संस्कृति निर्माणमा अभियान थालनी गर्ने उदेश्यका साथ वलीप्रथा अत्य गर्नका अभियान सुरुवात गर्न र दशैका नाँउमा हुने हींसा अत्य गर्न कार्यक्रम आयोजना गरीएको वताइन् ।
कार्यक्रममा तालवराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिमत कुँवर विन्धवासीनी धार्मिक समितिका उपाध्यक्ष मधव प्रसाद पराजुली केदारेश्वर मणीमहादेव मन्दीरका अध्यक्ष सुर्यनाथ अधिकारी टोल विकास संस्था समन्नय समिति पोखरा १७का अध्यक्ष टोपराज ढुङ्गानाले लगायतका वक्ताहरुले अभीयानमा एक्यवद्धता जनाउदै यसअभियानलाई सार्थकतामा पुर्याउन सवै लाग्नुपर्ने आवश्यता औलाए ।
कार्यक्रममा मानव मिलन नारी जागरण नेपालका अध्यक्ष शावित्री शर्माले सम्पुर्ण नेपालीलाई यस अभियानमा एक्यवद्धता जनाउन आग्रह गर्दे धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको संचालन पार्वती पौडेलले गरेकि थिइन् भने स्वागत मंत्तव्य कमला गिरीले राखेकी थियन् ।

No comments:

Post a Comment