Total Pageviews

Monday, September 19, 2011

0

विश्व शान्ति दिवसमा अवसरमा शान्तिका लागि दौड कार्यक्रम

पोखरा । विश्व शान्ति दिवसका उपलक्ष्यमा शान्तिको कामना गर्दै यअी असोज ४ गते पोखरामा पहिलोपटक विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा शान्तिका लागि दौड कार्यक्रम आयोजना हुने भएको छ ।
पोखरामा सोमवार आयोजक संस्थाहरुले पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएका हुन् ।
नेत्तृत्व तथा विकास र युवा अभियान पोखराको संयोजन तथा सिप हस्तान्तरण तथा शसक्तिकरण नेष्ट पोखराशान्तिका लागि साझा अभियान ओक्याप पोखरा रोटरी क्लव अफ् अन्नपुर्ण पोखरा रोटर्याक्ट क्लव पोखरा स्थानिय शान्ति समिति कास्की मानव विकास मंच नेपाल र एस्ओएस् युथ गण्डकीको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गर्न लागीएको हो ।
पोखराको मानव अधिकार चोकवाट सुरु भएको उक्त दौड भिमसेनचोक नयाँवजार पृथ्वीचोक सभागृहचोक हुदै सभागृहमा पुगेर सभामा परिणत हुने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका एक सय भन्ढी युवाहरु दौडने कार्यक्रम रहेको छ ।साथै विभिन्न संघसंस्था तथा राजनितिक पार्टीका प्रतिनिधीहरुलाई शान्तिका लागी एक्यवद्धता गर्न लगाइने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।विश्व शान्तिको कामना गर्दै शान्तिको लागि ऐक्यवद्धतका साथ युवाहरु शान्ति स्थापनाका लागि अग्रसर हुनुपर्ने सन्देश छर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरीएको आयोजनकले वताए ।
कार्यक्रममा लिड नेपालका अध्यक्ष सुरेन्द्रवावु तिवारीले कार्यक्रमको उदेश्यमाथी जानकारी गराएका थिए । त्यस्तै युवा अभियान पोखराका निल पनेरुले स्वागत नेष्टका अध्यक्ष गोपाल खड्काले धन्यवाद ज्ञापन तथा पत्रकार श्याम कुँवरले कार्यक्रमको सभापन गरेका थिए भने कार्यक्रमको संचालन मानव विकास मंच नेपालका अध्यक्ष सुष्मा पौडेलले गरेकी थिइन् ।


No comments:

Post a Comment