Total Pageviews

Saturday, September 24, 2011

0

राजनीति नगर्न सरकारी कर्मचारीहरुलाई कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारको निर्देशन

पोखरा / 
कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले राजनीति नगर्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।पश्चिमाञ्चल क्षेत्रअन्तर्गतका क्षेत्रीय, अञ्चल र जिल्ला कार्यालयका प्रमुखहरुलाई शनिबार निर्देशन दिँदै गच्छदारले राष्ट्रसेवक कर्मचारीहरु राज्यका संयन्त्र भएकाले उनीहरुले आ-आफनो कार्यक्षेत्रमा दक्षता देखाउँंदै काम गर्नुपर्ने बताउनुभयो । मुलुक अहिले गम्भीर राजनीतिक सङ्क्रमणबाट गुजि्ररहेकाले यस सङ्कटलाई पार लगाउन राष्ट्रसेवक कर्मचारीको अहम् भूमिका रहने भन्दै उहाँदे भन्नुभयो-’कर्मचारीले जनताको सेवक भएर काम गर्नुपर्दछ ।’गृह मन्त्रालयलाई राजनीतिक हस्तक्षेपबाट शून्यतामा झार्ने भन्दै उहाँले इमान्दारी र कर्तव्यनिष्ठका साथ राष्ट्र र जनताको सेवामा कार्यरत कर्मचारीलाई चाहेर पनि कुनै मन्त्रीले जागिरबाट निकाल्न नसक्ने स्पष्ट पार्नुभयो । गृहमन्त्री गच्छदारले सरकारले ल्याएका राहतका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो

No comments:

Post a Comment