Total Pageviews

Sunday, September 18, 2011

0

जेम्स र पृथ्वीलाई सफलता

काठमाडौं -जेम्स र पृथ्वीले १८ औं आयसर-ज्ञान कर्निभलको गल्स्र बास्केटबलमा आइतबार सफल सुरुआत गरेका छन् ।ज्ञानोदय बाल वाटिका उमाविद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेम्सले मल्पीमाथि ३०-८ को सहज जित दर्ता गर् यो । विजेताकी प्रकृति राईले १६ अंक जोडिन् ।

जेम्सले चारै क्वाटरमा अग्रता लियो । जेम्सले क्रमशः ७-० ९-२ ६-४ र ८-२ को प्रदर्शन गर् यो ।खोकनास्थित ज्ञानोदय इन्टरनेसलन रेसिडे_िन्सयल स्कुलको कोर्टमा भएको अर्को खेलमा पृथ्वीले आयोजक ज्ञानोदयलाई ३०-२२ ले निराश पार् यो । पृथ्वीको जितमा सकुन्तला तामाङले ११ अंक योगदान दिइन् ।पहिलो क्वाटरमा ९-७ को अग्रता लिएको पृथ्वी दोश्रोमा ६-१ ले अगाडि रह्यो । तेश्रो क्वाटरको खेलमा फर्केको ज्ञानोदयले ९-३ अंक खेललाई १७-१८ को स्थितिमा पुर् यायो । चौथो क्वाटर पृथ्वीले १२-५ ले कब्जा गर्दै जित सुनिश्चित गर् यो ।

ब्वाइजको बास्केटबलमा मल्पीले रातो बंगला तथा ज्ञानोदयले बुढानीलकण्ठबाट वाक ओभर पाए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य-सचिव युवराज लामाले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा ब्वाइज र गल्स्रमा समान १२-१२ टिम सहभागी छन् । प्रतियोगिता असोज ९ गतेसम्म चल्नेछ ।

एक्से_िल्सयर र माउन्ट ग्लोरीको विजयी सुरुआत

प्रथम द एक्से_िल्सयर कपको जुनियर ब्वाइज बास्केटबलमा आयोजक द एक्से_िल्सयर स्कुल र माउन्ट ग्लोरीले आइतबार विजयी सुरुआत गरेका छन् ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्से_िल्सयरले बाबालाई ३०-१० ले पराजित गर् यो । विजयी टिमका लागि कुमार गुरुङले १६ स्कोर गरे । दिपेश लामाको १७ अंक सहयोगमा माउन्ट ग्लोरीले पाचायनलाई २६-९ ले पन्छायो ।

सिनियर ब्वाइजको बास्केटबलमा आइडियल मोडेल एलआरआई ठुङराम इन्टरनेसलन एकेडेमी टीआईए र टेरेसाले जित निकाले ।

आइडियल मोडेलले बुद्ध एकेडेमीलाई ३५-२८ ले हरायो । आइडियलका कृष्णले १२ अंक जोडे । एलआरआईले न्यु अरुणोदयलाई २९-२१ ले हरायो । विजेताका निकेश राईले १४ अंक बटुले ।

टीआईएले ओसिस्लाई ३४-२१ ले हरायो भने टेरेसाले द स्काइलार्कमाथि ५२-४९ को कठिन जित प्राप्त गर् यो । जितमा टीआईएका अभिषेक गुरुङले १६ तथा टेरेसाका रवि खड्काले १७ स्कोर गरे ।

जुनियर ब्वाइजको फाइभ ए साइड फुटबलमा एपीएफ स्कुल र सेन्ट जेभियस्र विजयी भए ।

एपीएफले द चाँदबाघलाई २-० गोलअन्तरले पराजित गर् यो । प्रदीप श्रेष्ठ र प्रज्ज्वल विष्टले एक-एक गोल गरे । एक्से_िल्सयर विरुद्धको खेलमा सेन्ट जेभियस्र २-१ गोलले अगाडि रह्यो । सेन्ट जेभियस्रको दुवै गोल सार्थक खड्काको नाममा रह्यो । एक्से_िल्सयरका अश्विन ढुंगानाले एक गोल फर्काए ।

प्रतियोगिताको ग्यालेक्सी पब्लिक स्कुलकी पि्र_िन्सपल एवं एनप्याब्सनकी अध्यक्ष गीता राणाले उद्घाटन गरिन् । प्रतियोगिता असोज १० गतेसम्म साचालन हुनेछ ।




No comments:

Post a Comment