Total Pageviews

Monday, September 19, 2011

0

अँधेरीबाट एपीएफ टोलीले रक्तचन्दन बरामद गर् यो ः-


काठमाडौं सिन्धुपाल्चोक जिल्लाको अँधेरी चेकपोष्टबाट गएराति एपीएफ टोलीले रक्तचन्दन बरामद गरेको छ । धुलिखेलबाट चाकु भन्नेतर्फ जाँदै गरेको बा।१ ख ५७९३ नम्बरको कन्टेनरमा एपीएफ टोलीले जाँच गर्ने क्रममा ६ थान रक्तचन्दन फेला पारेको हो ।
सशस्त्र प्रहरी बल सुरक्षा वेस अँधेरीबाट खटिएको एपीएफ टोलीले करीव एक सय ५० केजी बराबरको साँढे दुई फिटदेखि करीव ६ फिटसम्म लम्बाई रहेको उक्त रक्तचन्दन बरामद गरेको थियो ।
सो कन्टेनरमा शंका लागि जाँच गर्ने क्रममा लुकाइछिपाई अवैध रुपले चीनतर्फ लैजान लागेको उक्त रक्तचन्दन फेला परेपछि एपीएफ टोलीले गाडीसहितै रक्तचन्दन बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर धामीको कमाण्डमा खटिएको एपीएफ टोलीले हिजो राती करीव आठ बजे रक्तचन्दनसहितको उक्त कन्टेनर बरामद गरेको थियो ।
त्यसवेला कन्टेनरका चालक स्थानीय कुलकुले बस्ने डुन्डुप तामाङ्गलाई समेत पक्राउ गरिएको थियो ।
कलंकीस्थित खाद्यान्न गोदाममा आगलागी एपीएफ टोलीद्वारा नियन्त्रण ः-
काठमाडौं काठमाडौंको कंलकी चोक नजिकै रहेको शिवहरी वाग्लेको दाल गोदाममा आज विहान भएको आगलागी एपीएफ टोली दमकल तथा स्थानीयवासीले नियन्त्रणमा ल्याएका छन् ।
विहान करीव पौने चारवजे भएको सो आगलागीबारे जानकारी प्राप्त हुनासाथै वसन्तपुरस्थित जुद्ध बारुण यन्त्रको कार्यालयबाट दमकलसहित खटिएको सशस्त्र प्रहरी बलको टोलीले उक्त आगलागी नियन्त्रणमा ल्याएको हो ।
अग्नि नियन्त्रणमा बारुण यन्त्रका कर्मचारी सँगसँगै परिचालित हुनेगरी सशस्त्र प्रहरी बल बाघभैरव गुल्म जमलबाट जुद्ध बारुण यन्त्रको कार्यालयमा एपीएफ टोली खटिदै आएको छ ।
विद्युतीय तार सर्ट भई उक्त आगलागी भएको बताइएको छ । आगलागीबाट गोदाममा रहेको झण्डै ६० क्वीनटल दाल तथा अन्य मालसामान समते क्षति भएको छ ।
आगलागीस्थलमा दमकलसहितको एपीएफ टोली तत्काल पुग्नुले पनि थप क्षति हुनबाट जोगिएको छ । आगलागीबाट क्षति भएको दाल मात्रै ६ लाख रुपैयाँभन्दा बढीको रहेको बताइएको छ ।
आगलागी नियन्त्रणमा दुईवटा दमकलसहित खटिएका बारुण यन्त्रका अग्नि नियन्त्रक तथा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानीयवासी सकि्रयताका साथ जुटेका थिए । सो आगलागी नियन्त्रण गर्न करीव एक घण्टा लागेको थियो ।
एपीएफ टोलीद्वारा चोरीपैठारीको विभिन्न सामान बरामद ः-
कैलाली चोरीपैठारी गरी ल्याइएको करीव ७० हजार रुपैयाँ बराबरका विभिन्न सामाग्री कैलाली जिल्लाको धनगढी २ बाट गएराति एपीएफ टोलीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट त्रिनगरबाट खटिएको एपीएफ टोलीले त्यसठाउँबाट खाद्यान्न तथा भाँडावर्तन लगायतको चोरीपैठारीको सामान बरामद गरेको हो ।
बरामद सामाग्री आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । गस्तीमा रहेको एपीएफ टोलीले हिजोराती करीव ११ वजे चोरीपैठारीको उक्त अवैध सामान बरामद गरेको थियो ।
लागूऔषधसहित एपीएफ टोलीद्वारा पक्राउ ः-
पसा्र करीव तीन सयवटा नाइट्रोभेट नामक लागूऔषधका ट्याब्लेटसहित पसा्र जिल्ल्ााको वीरगंजबाट एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा ९ बस्ने राजन देउजालाई सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस वीरगंजबाट खटिएको एपीएफ टोलीले हिजो वेलुका उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
रक्सौलबाट टाँगा चढेर आउँदै गरेको वेला भन्सार क्षेत्रमा एपीएफ टोलीले जाँचगर्ने क्रममा उनको साथमा लागूऔषध फेला परेपछि निज देउजालाई पक्राउ गरिएको थियो ।
एपीएफ टोलीले उनलाई बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीमा बुझाएको छ ।


No comments:

Post a Comment