Total Pageviews

Saturday, September 17, 2011

0

ठूला भनिएका दलहरु ताजा जनादेशले सावित नहुन्जेल पूर्व ठूला दल नै हुन

पूर्व ठूला दलहरुका नेता तथा कार्यकर्ताहरु आजकल संचारकर्मी लगायत सर्बसाधारण जनतालाई कुरो यसरी बुझिनु पर्दछ वा यसरी विचार गर भनेर निर्देशित गर्दै छन । दलहरुलाई पूर्व ठूला भनिएकोमा कसैको आपत्ति हुन सक्छ तर उहिल्यै म्याद सकिईसकेको चुनावको नतिजाको आधारमा आफुलाई अझै ठूला नै भनाउन चहानेहरुलाई पूर्व ठूला भन्नु नै उचित हुन्छ । बेलैमा चुनाव भएको भए यो अहिलेको समिकरण कायम रहन्थ्यो भन्ने मै शंका छ । दलहरुका अहिलेका व्यवहारले उनीहरुले पनि मनैबाट यो कुरा स्विकार गरेको वस्तो लाग्छ । नत्र विगतमा वरंवार संसद भं¨ गरेर मध्यावधि चुनावमा मुलुकलाई धकेल्न रुचाउने र यो प्रकि्रयालाई प्रजातन्त्रको सहि अभ्यास भन्नेहरु आज किन चुनावको नाम सुन्ने वित्तिकै प्रतिगमनको छाँया देख्छन । तसर्थ आज ठूला भनिएका दलहरु ताजा जनादेशले सावित नहुन्जेल पूर्व ठूला दल नै हुन ।
यो आलेखको बिषयबस्तु ताजा जनादेशको औचित्य पुष्टि होईन यो प्रसंग केवल किन पूर्व ठूला दल भनेर संवोधन गरियो भन्ने कुराको पुष्ट्याइँ मात्र हो । प्रजातन्त्रले जसलाई आजकलका दले विद्वानहरु लोकतन्त्र भन्न रुचाउछन हमेशा सर्बसाधारणको स्वतन्त्रताको कुरा गर्दछ । वैयक्तिक स्वतन्त्रता वैचारिक स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता जीवनयापन वा पेशाको स्वतन्त्रता आदि कयौ स्वतन्त्रताको सुनिश्चिततापो वाचा प्रजातन्त्रले गर्दछ । विगतमा जतिसूकै आन्दोलन भए र भविष्यको गर्भमा जतिसूकै आन्दोलन रहेका हुन त्यसमा जनसाधारण तान्ने चु्रो नारा नै यहि स्वतन्त्रता हो । आफ्नो स्वतन्त्रताको उपभोग गर्दा अर्काको स्वतन्त्रताको हनन् हुनु हुँदैन भन्ने मान्यता पनि प्रवानन्त्रको मूल मान्यता नै हो भन्ने कुरामा कसैले विमती राख्छ भने त्यो उस्को स्वतन्त्रता हो । तर यस्ता विचारलाई जातनले कसरी लिन्छन त्यो भने पृथक प्रश्न हो ।
विश्वका धेरै जसो मुलुकको शासन संाचालनका तीन अ¨ संविधान मै तोकिएका छन कार्य पालिका व्यबस्थापिका र न्याय पालिका । संविधानमा उल्लेख नभए पनि संचार जगतलाई राज्यको चौथो अ¨ मादिदै आएको छ र यसलाई जनसमर्थन पनि छ । राज्य संचालनका अन्य अ¨ विभिन्न विचारकहरु सर्बसाधारणका आकांक्षाहरु एक अर्कामा पुर् याउने गहनता जिम्मेवारी संचार जगतको हो । यो धर्म निर्वाह नगरेको अबस्थामा संचार जगतले आफ्नो विश्वसनियता गुमाउछ र दण्डित पनि हुन्छ । कसैको धाक धम्की वा भौतिक कारवाही भन्दा विश्वास गुमाएपछि जनताबाट पाईने उपेक्षारुपी दण्ड संचारकर्मीहरुलाई टूलो हुन्छ । संचार जगत कत्तिको जिम्मेबार छ र आफ्नो कर्तव्यपूरा गरेको छ वा छैन त्यो कालान्तरमा सबैले जान्दै जानेछन । तै पनि कुनै विचारको निषेध र कुनै विचारको पृष्ठपोषणको बिष खाएर गोयबल्स पथमा चल्ने संचारमाध्यमहरु सहि अर्थमा राज्यको चौथो अ¨ नभएर त्यो विचार बोक्ने दलका मुखपत्रमा परिवतर्तित हुदै जान्छन र त्यस दलको सानो पनि आलोचना भयो भने दलका मुस्टण्डाहरुको भौतिक कारवाहीमा पर्दछन भन्ने कुरा नेपालमा हालै भएका श्रृखलाबद्ध आक्रमणको तारो हुनु पर्दा संवन्धितहरुले बुझेकै हुनु पर्दछ ।
यहिलेको नेपाललको लोकतन्त्रमा जनसाधारणले आफ्ना नैसर्गिक अधिकारहरु गुमाउदै गएका छन अव केवल वैचारिक स्वतन्त्रता मात्र बाँकी रहेको छ । तर यो चिन्तन वा विचार उस्ले आफु भित्रै राख्नु पर्दछ यदी उसले त्यो सार्वजनिक गर् यो भने पूर्व ठूलादलका कार्यकर्ता मध्ये कसलाइृ असर पर्ने हो यसले आग्रहयुक्त धम्की दिन शुरु गर्दछ यसलाई यसरी बुझिनु पर्दछ वा तीमीहरुले यसरी विचार गर्नु पर्दछ । उदाहरणको निमित्त हालैको एउटा घटना प्रस्तुत गर्न सकिन्छ । एनेपा माओवादीको एक घटकले हतियारको कन्टेनरको साँचो बिषेश समितिलाई बुझाउने कुरा गर् यो अर्को घटकले त्यसको विरोध गर् यो । यो नितान्त त्यस दल भित्रको विवाद हो । दशकौं लामो अशान्ति र शान्ति प्रकि्रयाको शुरुवात संगै झनै ठूलो अशान्ति भोगेका सर्वसाधारणको कुनै सरोकार यसमा छैन । माओवादीले हतियार थन्क्याए पनि दिनहुँ जसो हरुका हतियारले समाजलाइृ पिरोले कै छ अझ माओवादी कै भाषमा यदाकदा कसैबाट चुक भएर भए पनि माओवादीका हतियार पनि गाँउ पसेकै छन ।
अतिसामान्य सरोकार कसै गरेर कुनै पनि बहानामा मुलुकमा शान्तिको सास फेर्न पाईयोस भन्ने भने सर्बसाधारणमा रहेको छ । एउटा दल भित्रको खिचोलोको मार भने सर्बसाधारणले भोग्नु पर् यो चक्काजाम र मसाल जुलुसकोरुपमा । त्यो दल भित्रको झगडा भेटिएन भने अझ सर्बसाधारणले कति सास्ती भोग्नुपर्ने हो त्यसले त्रास फैलाएको छ । दुबै पक्षका मान्छेहरु कुरालाई आफ्नो किसिमबाट विचार गरिनु पर्ने दावा पेश गर्दैछन । के जनताको आफ्नै किसिमबाट विचार गर्न पाउने स्वतन्त्रता छैन र अहिलेको परिवर्तनका संवाहकहरु लगातार असफल हुँदै गएका छन यो सरकार उनीहरुको निमित्त अन्तिम विकल्प हो । सरकारको यो नेतृत्व उनकासाथ रहेको अन्तिम दिव्याश्र हो यो सफल हुनु र नहुनु सर्बसाधारणको निमित्त त्यति चासोको बिषय हैन । सफल भएमा अर्को विकल्प खोज्नु नपर्ने हुन्छ नत्र भने अर्को विकल्प खोज्न जनता तैयार नै छन । विचारलाई प्रतिवन्ध लगाएर यसै गरीमात्र विचार गर भनेर यो असफलता छोपिदैन । जनताको वैचारिक स्वतन्त्रतामात्र यस्तो स्वतन्त्रता हो जो कसैले खोस्न सक्दैन केही समयका निमित्त सुसुप्त भने होला । विचार जब सुसुप्त हुन्छ त्यहि बेला नै विचारको विकास तिब्रतर हुन्छ । तसर्थ जनताको वैचारलाई निर्देशित गर्ने प्रयत्न गर्नु घातक हुन्छ ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०६८।५।१८

No comments:

Post a Comment