Total Pageviews

Saturday, September 24, 2011

0

वैद्यसहितका भेला अराजक गतिविधिको संज्ञा मन्त्री लेखराज भट्ट

काठमाडौं , वाणिज्य तथा आपूर्तिमन्त्री एवम् एनेकपा माओवादीका पोलिटव्युरो सदस्य लेखराज भट्टले पार्टीका उपाध्यक्ष मोहन वैद्यसहितका नेताहरुको भेला र निर्णयलाई अराजक गतिविधिको संज्ञा दिनुभएको छ ।पार्टीको आन्तरिक जीवन र विषयवस्तुलाई पार्टीभित्रकै कमिटीमा छलफल गर्नुको साटो पार्टी पद्धति, सिद्धान्त र अनुशासनविपरीत गुट खडा गरी भेला र बैठक गर्ने कार्य अराजकवादी क्रियाकलाप नै हो उहाँले भन्नुभयो ।आज यहाँ आयोजित कार्यक्रममा आफूलाई जनवादको पाठ सिकाउने नेताबाट नै कोठामा सहमति गर्ने सडकमा विपरीत अभिव्यक्ति दिने काम भएको बताउँदै मन्त्री भट्टले त्यस्तो अभिव्यक्ति आउनु भनेको पार्टी अनुशासन विपरीतकोे अराजक काम हो भन्नुभयो ।
लोकतान्त्रिक मधेशी मोर्चासँग भएको चारबँुदे सहमति सार्वजनिक गर्न आयोजित समारोहमा सहमतिप्रति ताली बजाएर समर्थन गर्ने नेताहरुबाटै एकसातापछि पार्टीभित्र छलफल नगरी त्यो विषय बजारमा ल्याएर विरोध गर्नु भनेको उनीहरुको नियत कति सफा छ भन्ने आफै प्रष्ट हुन्छ उहाले भन्नुभयो ।
सेना समायोजनका बारेमा  सङ्ख्यामा होइन, ढाँचा र दर्जा मिलानका विषयमा दलहरुबीच थप छलफल र सहमति हुन आवश्यक छ भन्दै मन्त्री भट्टले शिविर र बाकस बुझाउने साँचो दिन्न भन्ने कुराले कुनै अर्थ नराख्ने धारणा व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment