सिरहा
सिरहा जिल्लाको मार्डर ६ भन्सारघाट भन्ने स्थानबाट आज दिउँसो एपीएफ टोलीले विभिन्न खालको लागूऔषधसहित स्थानीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सोही जिल्लाको लगडीगोठ ३ वस्ने रामलोचन मण्डललाई एक बोतल कोरेक्स आठवटा स्पाबुक क्याप्सुल र तीनवटा नाइट्रोजन ट्याब्लेटसहित एपीएफ टोलीले पक्राउ गरेको हो ।
उनलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस मार्डरबाट खटिएको एपीएफ टोलीले त्यसठाउँमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो । बरामद लागूऔषधसहितै उनलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको एपीएफ टोलीले झापाको लखनपुर १ स्थित पाथिभरा चोकबाट हिजोराति स्थानीय मेचीनगर ३ घर बताउने मुना रेग्मीलाई करीब ५० क्वार्टर अवैध ब्लुडायमण्ड मदिरासहित पक्राउ गरी स्थानीय प्रहरीमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल सुरक्षा बेस वीरगंजबाट खटिएको एपीएफ टोलीले हिजो दिउँसो पसा्रको वीरगंजस्थित भन्सार नाकाबाट करीब ५० ग्राम खैरो हेरोइनसहित भारतको सितामढी घर बताउने सिकन्दर रामदुसाहलाई पक्राउ गरी स्थानीय प्रहरीमा बुझाएको ।
मादकपदार्थ सेवन गरी सर्वसाधारणमाथि त्रास फैलाउने एपीएफ टोलीद्वारा पक्राउ ः-
मोरङ
मोरङ जिल्लाको उर्लाबारी १ स्थित विशालटोलमा गएराति मादकपदार्थ सेवन गरी सर्वसाधारणमा डरत्रास फैलाउनुको साथै होहल्ला गर्ने एक जना स्थानीयलाई एपीएफ टोलीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस उर्लाबारीबाट गस्तीमा खटिएको एपीएफ टोलीले हिजोराति करीब साँढे नौ बजे मादकपदार्थ सेवन गरेका स्थानीय गंगाबहादुर श्रेष्ठलाई होहल्ला गर्दै उच्छृङखल कि्रयाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि हिजै स्थानीय प्रहरीमा बुझाएको छ ।
एचआइआरभी टोलीद्वारा घाइतेहरुको उद्धार ः-
काठमाडौं
चट्याङ परी हिजो विहान काचनपुर जिल्लाको झलारी ६ कसरौल वस्ने हरिना रानाचौधरी गम्भीर घाइते भएपछि सशस्त्र प्रहरी बलद्वारा परिचालित ुहाइवे इमिडियट रेस्पोन्स भेहिकलु एचआइआरभी टोलीले उद्धार गरी बलकै एम्बुलेन्समा राखी अस्पताल पुर् याएको छ ।
आफ्नै घरमा बसीरहेको अवस्थामा एक्कासी चट्याङ परी घाइते भएका निज चौधरीलाई सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारी काचनपुरबाट खटिएको एचआइआरभी टोलीले उद्धार गरेको थियो ।
एचआइआरभी टोलीले उनलाई तत्कालै उद्धार गरी स्थानीय सेती अाचल अस्पताल धनगढी पुर् याएको थियो ।
यसैगरी ताप्लेजुङ जिल्लाको फुङलिङ भन्ने स्थानमा आज विहान भएको सवारी दर्घटनामा परी घाइते भएकाहरुको एपीएफ टोलीले उद्धार गरेको छ ।
झापाको विर्तामोडतर्फ आउँदै गरेको ध।१ झ ५६ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा घाइते भएका १४ जनालाई सशस्त्र प्रहरी बल काचनजंघा गुल्मबाट खटिएको एपीएफ टोलीले उद्धार गरेको थियो ।
घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सवैलाई एपीएफ टोलीले उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाएको छ ।
क्रमश…।
No comments:
Post a Comment