Total Pageviews

Sunday, September 18, 2011

0

देवेन्द्र पौडेलबाट सरकारी सुविधाको गाडी फिर्ता

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकारी सुविधाको गाडी नचढ्नु हुने भएको छ । आइतबार सरकारी अधिकारीले बा १ झ ६६९२ नम्बरको प्राडोको साँचो दिएपनि पौडेलले फिर्ता गरिदिनु भएको छ ।मितव्ययिताका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुस्ताङ गाडी चढेको भन्दै पौडेलले सरकारी सुविधाको गाडी लिन अस्वीकार गर्नु भएको एक अधिकारीले बताए ।
उनका अनुसार पौडेलले होटलमा बासका लागि भन्दै सरकारले दिने सुविधा पनि नलिने बताउनु भएको छ ।  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारलाई सरकारले मन्त्री सरह सेवा सुविधा हुनेछ ।

No comments:

Post a Comment