Total Pageviews

Sunday, September 18, 2011

0

निजी तथा सार्वजनिक जग्गाको तत्काल लगत संकलन गरी फिर्ता गराउन उच्चस्तरीय कार्यदल गठन

सरकारले सशस्त्र द्वन्द्वका क्रममा माओवादीद्वारा कब्जा निजी तथा सार्वजनिक जग्गाको तत्काल लगत संकलन गरी फिर्ता गराउन उच्चस्तरीय कार्यदल गठन गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले कब्जा सम्पत्तिको लगत संकलन गरी फिर्ता गराउन साचार ऊर्जा शान्ति र अर्थमन्त्री रहेको समिति गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
उनका अनुसार कब्जा सम्पत्तिको लगत संकलन र फिर्ता गराउन जिल्लास्तरमा समिति गठन गरिनेछ छ । कांग्रेस एमालेलगायतका विपक्षी दलको मागबमोजिम सरकारले कब्जा सम्पत्ति फिर्ता गराउन सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको स्रोतले उल्लेख गरेको छ ।
सरकारका प्रवक्ताका अनुसार सशस्त्र द्वन्द्वका क्रममा मारिएका या बेपत्ता भएका व्यक्तिको परिवार तथा द्वन्द्वपीडितलाई राहत दिन सरकारले राहत निर्देशका लागू गर्ने भएको छ । शान्ति मन्त्रालयद्वारा प्रस्तावित राहत निर्देशिकाको मस्यौदालाई अन्तिम रुपमा दिने जिम्मा साचार अर्थ र शान्ति मन्त्री रहेको समिति गठन गरिएको छ ।रुग्ण उद्योगहरुलाई पुनःस्थापना गर्नका लागि राहत दिनेलगायतका कार्य गर्न सरकारले योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री अर्थ उद्योग र वाणिज्य सचिव रहेको समिति गठन गरेको छ ।
सरकारले मेडिकल कलेजहरुले िलंदै आएको मनपरी शुल्कलाई एक रुपता दिई नियन्त्रण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले मेडिकल कलेजहरुले दिने मनपरी शुल्कले जनता मारमा परेको आवाज व्यापक रुपमा उठेपछि त्यसलाई नियन्त्रण गर्न ल्याइको प्रस्तावलाई अन्तिम रुप दिन मन्त्रिपरिषदको सामाजिक समितिलाई जिम्मा दिएको छ ।

No comments:

Post a Comment