प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विहिवार मन्त्रिमण्डल विस्तार  गर्नेहुने भएको छ । आफ्नो पार्टी  एकिकृत नेकपा माओवादीका केही, मधेसी  मोर्चा र साना दलका नेतालाई समेटेर उहाँले तेस्रोपटक मन्त्रिमण्डल विस्तार  गर्न लाग्नुभएको हो ।\माओवादीको वैद्य पक्ष तत्काल सरकारमा नजाने अडानमा कायमै रहेपछि  भट्टराईले संस्थापन पक्षका केही नेतालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको  बताइएको छ । माओवादीका  शक्ति बस्नेत, लेखराज भट्ट र लोकेन्द्र विष्टले  मन्त्री पदको सपथ खाने सम्भावना रहेको बताइएको छ । एघार मन्त्रालय पाएको  माओवादीले विवादका कारण अहिले ६ जनालाई मात्र मन्मिण्डलमा पठाएको छ । त्यस्तै चार मन्त्रालय पाएको फोरम लोकतान्त्रिकले खाली रहेको रक्षा  मन्त्रीमा शरदसिंह भण्डारी र वातावरणमा हेमराज तातेडलाई सिफारिस गरेको छ ।  यसै गरी  राज्यमन्त्रीहरुमा भीमराज राजवंशी गृह, राम वच्चन यादव रक्षा,  लक्ष्मण महतो वन र दुर्गादेवी महतोलाई वातावरणमा लोकतान्त्रिकले सिफारिस  गरेको  बताइएको छ । फोरम लोकतान्त्रिकका संसदीय दलका मुख्य सचेतक रामजनम  चौधरीले मन्त्रीहरुको सूची प्रधानमन्त्री कार्यालयमा पुगेर  बुझाउनुभएको  थियो।
No comments:
Post a Comment