Total Pageviews

Tuesday, September 20, 2011

0

गैरआवासीय नेपाली संघ यूएईको चौथो राष्ट्रिय महाधिवेशन

गैरआवासीय नेपाली संघ यूएईको चौथो राष्ट्रिय महाधिवेशन दुबई यूएई / गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको चौथो राष्ट्रिय महाधिवेशन १६ सेप्टेम्वर २०११ मा दुबईमा सम्पन्न भएको छ । परिषदका निवर्तमान अध्यक्ष चुडाणी ढकालको सभापतित्वमा सम्पन्न उक्त महाधिवेशनको प्रमुख अतिथि गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष देवमान हिराचन हुनु हुन्थ्यो । विशेष अतिथि नेपाली दुतावास यूएईका नियोग उपप्रमुख दीपक अधिकारी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष जिवा लामिछाने, कोषाध्यक्ष रामेश्वर शाह, मध्यपुर्वका पूर्व संयोजक चन्द्र प्रसाद सापकोटा र कतारका निवर्तमान अध्यक्ष नरेन्द्र भाट हुनुहुन्थ्यो । निवर्तमान महासचिव सुरेश बस्यालद्वारा सञ्चालन गरिएको उक्त महाधिवेशनका अतिथिहरुमा संघका यूएईबाट सदस्य पिएस लिम्बु, च्यारिटी कार्यदलका सदस्य डा आशिफ अलि सिद्दिकी, सल्लाहकार डि एल शर्मा, क्या दिपक थपलिया, विज्ञान राणा, मोहन शर्मा, नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल, जनजाति महासंघका अध्यक्ष गिरमान थापा, प्रवासी नेपाली संघ यूएईका अध्यक्ष यमलाल पंगेनी, तामाङ समाज यूएईका अध्यक्ष राम मोक्तान, जन सम्पर्क समिति यूएईका अध्यक्ष चित्र के सि, तमुसमाज यूएईका अध्यक्ष राजु गुरुङ, नेपाली जनप्रगतिशिल मञ्च यूएईका महासचिव श्याम परियार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएईका प्रतिनिधि निमेष गिरी, मगर समाज यूएईका उपाध्यक्ष नुन प्रसाद सोमाइमगर, व्यवसायी विमल ढकाल लगायत हुनु हुन्थ्यो । खचाखच पंजीकृत सदस्यहरुको उपस्थितिले कार्यक्रममा उत्साह थपेको थियो ।


प्रमुख अतिथिद्वारा द्विप प्रज्वलित गरि विधिवत उद्घाटन गरिएको उक्त महाधिवेशनमा राष्ट्रिय गान बजाउदै शुरुभएको महाधिवेशनमा सहभागि सबैले राष्ट्रिय गानमा भाग लिएका थिए । निवर्तमान अध्यक्ष ढकालले पुष्प गुच्छा दिदै प्रमुख अतिथि र नेपाली दुतावासका नियोग उपप्रमुखलाइ स्वागत गर्नु भयो भने निवर्तमान उपाध्यक्ष छत्र लामा द्वारा उपस्थित सबैलाइ आयोजकको तर्फबाट स्वागत गर्नु भएको थियो ।

महाधिवेशनलाई आफ्नो शुभकामना तथा मन्तव्य दिने क्रममा प्रमुख अतिथि देवमान हिराचनले राष्ट्रिय समन्वय परिषद यूएईले आयोजना गरेका तथा सम्पन्न भएका मध्यपूर्व भेला तथा पाँचौ क्षेत्रिय सम्मेलन द्वार जारी क्रमशः २६ तथा १२ बुँदे घोषणामा अगाडी सारेका विषयमाथि संघ गम्भिर रहेको कुरा व्यक्त गर्दै व्यवहारमा लागु गर्नलाइ समय लाग्ने बताउनु भयो । यस सँस्थामा आफ्नो व्यक्तिगत अनुभवहरु पनि सुनाउनुभएको थियो । महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा विशेष अतिथि नेपाली राजदुतावास यूएईका नियोग उपप्रमुख दीपक अधिकारीले महामहिम राजदुत, राजदुतावास र व्यक्तिगत रुपमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईले गरेका कामहरुको प्रशंशा गर्दै यूएईमा रहेका महिलाहरुको समस्यामा दुतावासले सरकारलाइ सुझाव पठाइ सकेको जानकारी दिनुभयो । वहाँले आफू अमेरिकाको नियोगमा रहँदा दोहोरो नागरिकता सम्बन्धि बटुलेका अनुभव पनि सुनाउनुभयो जुन मध्यपूर्वको हकमा भने लागु हुदैनन् । संघका उपाध्यक्ष जिवा लामिछानेले संघले सामाजिक कार्यमा मात्र लगानी गर्ने तथा कसरी लगानीकर्ता र नेपाल विच पुलको काम गर्न सक्छ भन्ने बारे स्पष्ट पार्नुभएको थियो र आगामी विश्व सम्मेलनमा भाग लिनको लागि सबैलाइ अनुरोध पनि गर्नु भएको थियो । संघका कोषाध्यक्ष रामेश्वर शाहले गैरआवासीय नेपाली अभियानको ८ वर्ष पुरा गर्दा संस्थागत विकासका लागि गम्भिरतापूर्वक लागेको बताउनु भएको थियो । यूएईले मध्यपूर्वमै सबै भन्दा बढि पंजिकृत सदस्यहरु समेटन सफल भएकोमा शाहले खुसी व्यक्त गर्नु भयो । पूर्व मध्यपू्र्व संयोजक चन्द्र प्रसाद सापकोटा र सदस्य पि एस लिम्बुले पनि शुभकामना दिनु भएको थियो । अतिथिहरुद्वारा महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै विगत २ वर्षमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको गरेको कार्यहरुको प्रशंशा साथ नयाँ नेतृत्वले राष्ट्रिय समन्वय परिषद यूएईको स्थान उच्च राख्न सफल हुने कुरा विश्वास व्यक्त गर्नुभयो ।  त्यस्तै गरेर यूएईका विभिन्न सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य दिनुभएको थियो जसमा नेपाली संघका अध्यक्ष कृष्ण ढकाल, जनजाति महासंघ यूएईका अध्यक्ष गिरमान थापामगर, पत्रकार महासंघ यूएई साखाका अध्यक्ष शंकर ज्ञावाली, तमु समाज यूएईका अध्यक्ष राजु गुरुङ, जनप्रगतिशील मन्चका सल्लाहकार दुर्गा दत्त पोखरेल, मगर संघ यूएईका उपाध्यक्ष नुन प्रसाद सोमाइमगर रहनुभएको थियो । सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले विगतको समितिले गरेका कार्यहरुको सराहन गर्दै मध्यपूर्व र मलेशिया जस्ता राष्ट्रहरुमा रहेर निम्नस्थरमा काम गर्ने मजदुरहरुका समस्याहरुलाइ गैरआवासीय नेपाली संघले कसरी लिएको छ भन्ने जिज्ञासाहरु व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति चुडामणी ढकालले छलफल भइ सकेका र घोषित बुँदाहरुको कार्यान्वयन पक्षमा संघले ध्यान दिनु पर्ने आफ्ना भनाईहरुका साथ प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु, संघसँस्थाहरु, पत्रकार र सहभागि सम्पूर्ण पंजिकृत सदस्यहरुलाई धन्यवाद दिदै महाधिवेशनको पहिलो खुल्ला सत्र समापनको घोषणा गर्नु भयो। यस पछि लगत्तै निवर्तमान अध्यक्ष चुडामणी ढकालकै सभापतित्वमा महाधिवेशनको बन्द सत्रको पहिलो चरणको कार्यक्रम सुरु गरिएको थियो । यो चरणको कार्यक्रम संचालन परिषदका निवर्तमान सदस्य रोविन लामाले गर्नुभएको थियो । निवर्तमान कोषाध्यक्ष जेपी सापकोटाले पेश गर्नुभएको आर्थिक प्रतिवेदन माथि छलफल गर्दै अधिवेशनले प्रतिवेदलाई अनुमोदन गरेको थियो । त्यस पाश्चात निवर्तमान महासचिव सुरेश बस्यालले परिषदले २००९ देखि २०११ सम्ममा समिति द्वारा गरेका कामहरुको विवरण पेश गरेका थिए जसलाई अधिवेशनले तालिले स्वागत गर्दै अनुमोदन गरेको थियो । दुबै प्रतिवेदन माथि भएका छलफल र छलफलका क्रममा आएका सुझाव र टिप्पणीहरुलाई यस संस्थाको सम्पत्तिको रूपमा ग्रहण गर्दै आगामी दिनहरुमा परिषदले यसलाई सकारात्मक रूपमा लागु गर्ने प्रतिबद्धता समेत गरीएको थियो । सत्रको पहिलो चरणको कार्यक्रमका सभापति अध्यक्ष चुडामणी ढकालले आफ्नो कार्यकालमा भए गरेका कार्यहरुको बारेमा बताउदै बन्द सत्रको पहिलो चरणको कार्यक्रम अध्यक्ष मण्डल गठन गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको २००९ देखि २०११ को समितिको विधिवत् विगटन भएको घोषणा गर्नु भयो । केन्द्रिय अध्यक्ष देवमान हिराचनको संयोजकत्वमा गठित अध्यक्ष मण्डलका अन्य सदस्यहरुमा जिवा लामिछाने, रामेश्वर शाह, नरेन्द्र भाट, चन्द्र प्रसाद सापकोटा, मोहन शर्मा तथा क्या दिपक थपलिया रहनुभएको थियो । महाधिवेशनको बन्द सत्रको दोश्रो चरणको कार्यक्रममको संचालन मोहन शर्माले गर्नु भएको थियो । विधान संसोधन प्रस्ताव माथि छलफल गर्नको लागि संचालकले विधान संसोधन समितिका सदस्य जेपी सापकोटालाइ विधानका वुँदाहरुमाथि छलफलको लागि प्रस्तुत गर्न बोलाउनु भएको थियो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको गत अगस्त २०, २०११ मा बसेको पूर्ण समितिको बैठकले विधान  संसोधन गर्नुपर्ने  महसुसगरि महासचिव सुरेश बस्यालको संयोजकत्वमा पि एस लिम्बु, मोहन शर्मा, जे पि सापकोटा र जगत आचार्य रहेको समितिको गठन गरेको थियो । यस समितिले विधानको मसौदालाइ इमेल द्वार सम्पूर्ण सदस्यहरुलाई सुझावकालागि उपलब्ध गराएको थियो । इमेलबाट प्राप्त सुझावहरु र संघको केन्द्रिय विधानलाइ मध्यनजर गर्दै बनाइएको विधान हलमा उपस्थित सबैलाई उपलब्ध गराइएको थियो । विधान मसौदा विस्तृत छलफल गर्दै महाधिवेशनले  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको विधानको पहिलो संसोधन अनुमोदन गरेको थियो । अध्यक्ष मण्डलका सदस्यहरुको पनि विचार राख्दै विधानलाइ अनुमोदन गरिएको थियो । यस पछि अध्यक्ष मण्डलले निर्वाचन संयोजक डेरराज गुरङलाइ निर्वाचन प्रकृयाकालागि मन्च दिएको थियो । निर्वाचन संयोजन समिति द्वारा आव्हान गरिएका सम्पूर्ण पदहरुमा निर्विरोध निर्वाचित भएको हुनाले निम्नानुसारका पदाधिकारीको सर्वसम्मत चयन भएको घोषणा गरिएको थियो ।
चन्द्र बहादुर रोकाहाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिमा अन्य पदाधिकारीहरुमा ३ जना उपाध्यक्षमा विकास अधिकारी, कृष्ण भूसाल र मनोज कुमार श्रेष्ठ, महासचिवमा  सन्तोष प्रसाँई, कोषाध्यक्षमा कपिल खड्का, २ जना सचिवमा गोपाल कंडेल र जगत आचार्य रहेका छन् । त्यसै गरी सदस्यहरुमा किशोर घिमिरे,   गुणराज आचार्य, बुद्धिप्रसाद सुवेदी, गोविन्द खनाल, गुञ्जमान गुरुङ, गुप्तलाल भूषाल, हेमकुमार राई, हेमन्त पौडेल, कृष्णप्रसाद पाण्डे, लक्ष्मी उपाध्याय, नेत्र नारायण थनेत, प्रदिप पौड्याल, पूर्ण सापकोटा, रवि रमण अधिकारी, रामकुमार रिजाल, रमेश श्रेष्ठ, साङदोर्जे शेर्पा, शुरेश ढकाल, टिकादत्त शिवा, टुकनारायण जैसी, जेपी सापकोटा, खेमनाथ पौडेल तथा उत्तम अधिकारी रहेका छन ।   युएईबाट आइसीसी सदस्यमा छत्रबहादुर लामा र बिमल तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।  नयाँ समितिका पदाधिकारीलाई प्रमाण पत्र दिदै प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष देवमान हिराचनले सपथ ग्रहण गराउनुभएको थियो । त्यस पश्चात सम्पूर्ण उपस्थितहरुले अविर फुलमालाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो । निवर्तमान अध्यक्ष तथा महासचिव द्वारा माइन्यूट बुक तथा विधान कपि हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई विधिवत कार्यभार हस्तान्तरण गरिएको थियो ।       

No comments:

Post a Comment