Total Pageviews

Monday, September 19, 2011

0

लिम्बुवानबासी एक हौं" भन्ने नाराका साथ "हासपोसा गाउँ परिषद भेला,

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाँसपोसा गाउँ परिषदको आयोजनामा "संघीय लोक-गणतन्त्र नेपाल र लिम्बुवान स्वायत्त गणराज्य स्थापनाको लागि लिम्बुवानबासी एक हौं" भन्ने नाराका साथ "हासपोसा गाउँ परिषद भेला, प्रशिक्षण एबम पुनर्गठन कार्यक्रम" धनप्रसाद केदेमको सभापतित्वमा सम्पन्न भएको छ |
उक्त कार्यक्रममा हाँसपोसा गाउँ परिषद,  तुम्याहाङ परिषद, महिला परिषद,  युवा मञ्च र एल. भी. समिति गठन भएको थियो
हाँसपोसा गाउँ कमिटिमा अध्यक्ष हर्कमान वनेमउपाधक्ष लक्ष्मी योङहाङ,  सचिब प्रतिक ओख्राबू ,सह-सचिब संजय सावा, कोषाध्यक्ष लाल केदेम, सदस्यहरूमा महेश केदेमनरसिं वनेमनरेन्द्रकुमार पन्धाक, मानराज लावती, सन्दिप राई, आयुश लाबुङतेजकुमार लाबुङ चुनिएका छन् | त्यसैगरी, तुम्याहाङ परिषदमा  अधक्ष्य सुकवीर सावाउपाधक्ष्य: हस्तराज केदेम, सचिब ज्ञानबहादुर चोङबाङसहसचिब खड्का पन्धाक, कोषाध्यक्ष गङ्गा पाहिमसदस्यहरूमा उत्तरमान कुरुम्बाङ, राइटर थाङदेन, बिर्खबहादुर वनेमछात्र  खापुङपरमाद सिं वनेम, लिला ओख्रबू. नरबहादुर चोङबाङ रहनु भएको छ | यसैगरी, महिला परिषदमा अधक्ष्य जसोदा केदेम, उपाधक्ष्य शोभा वनेमसचिब नर्बदा चेम्जोङ, सहसचिब लक्की केदेम, कोषाध्यक्ष कमला खेवा र  सदस्यहरूमा बिष्णु थुलुङ, सुभद्रा मिभकसिता चेम्जोङ, पर्मिला तुम्बापोमिना फोम्बो, गीता  तुम्बापो, र चन्द्रकला चेम्जो रहनु भएको छ यस्तैगरेर, संघीय लिम्बुवान युवा मंचमा अधक्ष्य भिम खापुउपाधक्ष्य बिशाल तुम्बापोसचिब राजकुमार श्रेष्ठसहसचिब विक्रम तामा , कोषाधक्ष्य असारसिं थल र सदस्यहरूमा दिलकुमार श्रेष्ठ, नीमेस ओख्राबू, सुरेश सावा, बिबेक लिम्बू चुनिएका छन् | साथै, एल, भी. प्राइमरी  कमान्डरमा मोहन थेगिम रहनु भएको छ |
हासपोसा गाउँ परिषद भेला, प्रशिक्षण एबम पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै धरान नगर परिषदका अधक्ष्य कुमार थम्सुहाले "दासत्व जीवन ज्युन नचाहने हो भने संघीयताको सवालमा आन्दोलित भइ अघि बढ्नुपर्ने" कुरामा जोड दिनु भयो | यस्तैगरेर, इटहरी नगर परिषदका अधक्ष दुर्गालाल चौधरीले तीन ठूला राजनीतिक दलले नेपाललाई अन्यौलतामा धकेलीरहेको र उक्त दल दलबाट उस्किन  र नेपाली जनताहरुलाई उकास्नको निम्ति संबिधान सभामार्फत जातीय ऐतिहासइक पृष्ठभूमिको आधारमा लिम्बुवानखम्बुवान, तामङसालिङनेवा:तमुवानमगरात्, थरुहट्मिथिला राज्यहरु सुनिश्चित हुनुपर्द्छ भन्ने आफ्नो बिचार राख्नु भएको थियो | धरान नगर सचिब तथा बिधार्थी परिषदका कार्यवाहक अध्यक्ष अमित थेबेले  नवगठित कमिटीहरुलाई प्रशिक्षण तथा संगठनको कार्यक्रम तथा भावी योजनाको विषयमा जानकारी गराउदै केही ठूला दल भनाउँदाहरुले 'गोठ एकातिर गाइगोरु अर्को तिर' पारी लिम्बुवान भूमिलाई टुक्राउन र छुट्याउन खोजेकोमा राज्य पुनर्संरचना समितिसंग आपत्ति प्रकट गर्नु भएको थियो |  कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्लाका अधक्ष्य डम्बर खजुमले अबको बन्ने लिम्बुवान सबै भाषाभाषी, जातजाति र धर्म-संस्कृतिलाई आटाउन सक्ने आधुनिक, समुन्नत र भ्रष्टाचारविहीन लिम्बुवान बन्नुपर्छ भन्दै नव गठित समितिहरुलाई शुभकामना व्यक्त्त गर्नुभएको थियो |  
हाँसपोसा, सुनसरीमा सम्पन्न उक्त कार्यक्रमको संचालन सन्तोष कुरुङ्बाङले गर्नुभएको थियो भने स्वागत मन्तब्य तत्कालीन हासपोसा गाउँ कमिटीका उपाधक्ष्य सुकबिर सावाले गर्नु भएको थियो 
त्यसैगरी,संघीय विद्यार्थी युनियन लिम्बुवान छथरथुमको शान्तिला तिगेलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।
शुक्रबारे बजारको रेडक्रस भवनमा एक कार्यक्रमको आयोजना गरी गठन भएको सो कार्य समितिमा उपाध्यक्ष कविता कार्की, सचिवमा डी. वी. तुम्सावा, सह-सचिवमा हिमप्रसाद पाक्सावा र अर्थ-सचिवमा चन्द्रकला पाक्सावा रहनु भएको छ ।छथर क्षेत्रमा रहेका सरस्वती उच्च माध्यमिक विद्यालय हमरजुङ, शुक्रबारे; नविन शिक्षा सदन उच्च मा वि फाक्चामारा र  भगवती उ मा वि ओख्रेका विद्यार्थी र हमरजुङ गाउ कार्य समिति गरी करिव ४५ जनाको सहभागीता रहेको थियो ।कार्यक्रममा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तेह्रथुमका सचिवालय सदस्य दिल पाक्सावा, जिल्ला सदस्य नीरविन्दु थोक्लेन र संघीय विद्यार्थी युनियन लिम्बुवान तेह्रथुमका जिल्ला सदस्य विमला पाक्सावाको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment