Total Pageviews

Monday, September 19, 2011

0

भुकम्पमा परी मृत्यु भएका परिवारलाई निःशुल्क स्वास्थ्य उपचार तत्काल २५ हजार रुपैयाँ राहत

काठमाडौ । सरकारले भुकम्पमा परी मृत्यु भएका परिवारलाई तत्काल २५ हजार रुपैयाँ राहत स्वरुप दिने भएको छ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छादारको अध्यतामा सोमबार केन्द्रिय दैवी प्रकोप उद्धार समितिको बैठकले यस्तो निण्र्ँय गरेको हो ।
राहत रकम घरमै गएर उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिइएको छ ।त्यस्तै मृतकका परिवारलाई प्रति मृतक एक लाखका दरले थप आर्थिक सहायता उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोÈलाई सिफारिस गरेको छ । घटनामा परी गम्भीर घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने गृह मन्त्रालयका प्रवक्ता सुधिर शाहले जानकारी दिनुभयो ।
भूकम्पबाटभएका सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीको यथार्थ विवरण्ँ संकलन गर्न तत्काल कार्यटोली गठन गरी  विवरण्ँ लिने र व्यक्तीगत सम्पत्तीको हकमा विद्यमान राहत मापदण्ड वमोजिम घटनास्थलमै गई ३ दिन भित्र राहत रकम वितरण्ँको व्यवस्था मिलाउने निण्र्ँय भएको छ ।

No comments:

Post a Comment