Total Pageviews

Wednesday, September 28, 2011

0

इजरायल र कोरिया पठाउनेदेखि होसियार


काठमाडौँ । इजरायल र दक्षिण कोरिया नाममा लाखौं रकम असुल्दै हिड्ने गिरोह सक्रिय भएको समचार सार्वजनिक भएपछि सरकारले त्यसप्रति चासो देखाएको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले इजरायल तथा दक्षिण कोरियामा वैदेशिक रोजगारीका लागि नेपालीलाई श्रम स्वीकृति नआएको प्रष्ट पारेको छ । हालै विभिन्न सञ्चारमाध्यमहरुमा  इजरायल तथा दक्षिण कोरियामा श्रम स्वीकृति आएको भन्दै विभिन्न मेनपावर कम्पनीहरुले झुटो प्रचारप्रसार गरेकामा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । सहप्रवक्ता कृष्णहरि पुष्कर कर्णले इजरायल तथा दक्षिण कोरियाबाट हालसम्म कुनै श्रम स्वीकृत प्राप्त नभएकाले यस्ता अनर्गल प्रचारप्रसारको पछि नलागी ठगिनबाट बच्न आग्रह गरेका छन् । हाल विभिन्न मेनपावर कम्पनी तथा एजेन्टहरु दक्षिण कोरिया र इजरायल पठाउने भन्दै ठगीमा संलग्न रहेका छन् । उता, वैदेशिक रोजगारीमा देखिएको ठगी प्रति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत विशेष चासो देखाएका छन् । रोजगारीको खोजीमा विदेशिने नेपाली कामदार ठगिने क्रम बढेको भन्दै प्रधानमन्त्रीले त्यसलाई रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री डा. भट्टराईले श्रम सचिव डा. रामहरि अर्याललाई वैदेशिक रोजगारीमा जाने कामदारमाथि ठगी भइरहेको व्यापक गुनासो आएकोले  त्यसलाई रोक्न तुरुन्तै बिशेष कार्यक्रम तयार गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि श्रम सचिव अर्यालले विज्ञ, व्यवसायी र मातहतका सरकारी कार्यालय प्रमुखहरूलाई विहिबार बैठकका लागि बोलाएका छन् । अर्यालले प्रधानमन्त्रीले ठगी रोक्न ठोस कार्ययोजना बनाउन निर्देशन दिएको र त्यसैका लागि तयारी थालिसकेको बताएका छन् । राज्यले अवसर दिन नसकेका कारण विदेशिन बाध्य नेपाली युवामाथि उल्टै ठगी हुनु लज्जाको विषय भएको भन्दै प्रधानमन्त्रीले कुनैपनि हालतमा ठगी हुन नदिन निर्देशन दिएका थिए । न्यूयोर्कबाट नेपाल फर्किने क्रममा कतारमा रहेका नेपालीहरूले प्रधानमन्त्री भट्टराईलाई भेटेर वैदेशिक रोजगारीमा जाने कामदारमाथि भएको ठगी रोक्न आग्रह गरेका थिए । पुनः श्रम स्वीकृतिका नाममा विदेशिने कामदारमाथि आर्थिक भार थोपिरिएको, एउटा कामको लागि स्वीकृति लिएर अर्कै काममा पठाइएको, दुईथरी श्रम सम्झौता गरि कम तलवमा काम लगाउने गरिएको लगायतका गुनासो उनीहरूले प्रधानमन्त्रीसमक्ष राखेका थिए । काठमाडौंबाट न्यूयोर्क जाँदा र फर्किंदा नेपाली कामदारहरूसँगै इकोनोमिक क्लासको सिटमा यात्रा गरेका प्रधानमन्त्रीसमक्ष जहाजभित्रै पनि नेपाली कामदारहरूले आफ्ना समस्या राखेका थिए । यसअघि न्यूयोकमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले कामका लागि विदेशिने आप्रवासी कामदारका हक सुनिश्चीत गर्न विश्व समुदायलाई आग्रह गरेका
थिए । नेपालबाट करिव बीस लाख नेपालीहरू कामको खोजीमा खाडी मुलुकहरूमा गएको भन्दै प्रधानमन्त्रीले उनीहरूको न्यूनतम अधिकार सुनिश्चित गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

No comments:

Post a Comment